arrow

उत्तर कोरियाली नेता किम चीन गएको पुुष्टि 

logo
प्रकाशित २०७४ चैत १४ बुधबार
kim.JPG

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ ऊन चीन पुगेर राष्ट्रपति सी जिनपिङसँग भेटवार्ता गरेको पुष्टि भएको छ । चीनको सरकारी संचार माध्यम सिन्ह्वाले, उत्तर कोरियाली नेता किमले राष्ट्रपति सी सँग बेइजिङमा भेटवार्ता गरेको पुष्टि गरेको हो ।

यही साताको शुरुमा जापानी संचार माध्यमहरुले, उत्तर कोरियाली नेता किम विशेष रेलमा चीन पुुगेको समाचार दिएका थिए । तर यो खबरको आधिकारिक रुपमा पुुष्टि हुन सकेको थिएन । सन् २०११ मा सत्ता सम्हाले यता किमको यो पहिलो विदेश भ्रमण हो । समाचार एजेन्सी सिन्ह्वाले, “नेता किमले चिनीयाँ नेता सी जिनपिङ सफल वार्ता गरेको“ भनेको छ ।  किमसँगै उनकी दुलही पनि चीन गएको बताइएको छ । 

किम चढेर चीन गएको रेल
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ