- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । उत्तर कोरियाली शासक किम जोङ उनले परमाणु प्रसार रोक्ने संकल्प गरेका छन् । चिनीयाँ सरकारी न्यूज एजेसी सिन्ह्वाका अनुसार किमले चीन भ्रमणका क्रममा चिनियाँ राष्ट्रपछि सी जिनफिङसंग परमाणु प्रसार रोक्ने संकल्प गरेका हुन् ।
गत आइतबारदेखि चार दिने भ्रमणमा रहेका किमले परमाणु प्रसार रोक्नुको बदलामा चीनले उत्तर कोरियासंग सम्बन्ध मजबुद बनाउने बाचा गरेको छ ।
किम चीन आइतबारै आए पनि सोमबार मात्र पहिलो पटक जापानी मिडियाले थाहा पाएका हुन् । तर यकिन थिएन । मंगलबार मात्र यकिन भयो कि किम नै चीन पुगेका हुन् । किम सन् २०११ मा सत्तामा आएपछि पहिलो पटक विदेश भ्रमणमा निस्केका हुन् ।
उनका बाबु पनि यसरी नै चीनमा आउने गर्थे । विशेष रेलमा चीन आएका किमको भ्रमणलाई आसन्न अमेरिकासंगको वार्ताका लागि तयारी भएको बताइएको छ ।
क्योदो न्यूज एजेन्सीका अनुसार पेइचिङ र प्योङयाङबीच सम्बन्ध सुधार गर्नु नै यस भ्रमणको मुख्य उद्धेश्य हो ।
दक्षिण कोरियाली न्यूज एजेन्सीका अनुसार चिनियाँ राष्ट्रपति सी जिनफिङले पनि उत्तर कोरिया जाने निमन्त्रणा स्वीकार गरेका छन् ।
किम पत्नी रि सोल जुसंगै चीन गएका हुन् ।