arrow

बिदा कटौतीबारे कमल थापाले के सुझाव दिए प्रधानमन्त्री ओलीलाई ?

logo
प्रकाशित २०७४ चैत १४ बुधबार
kamal-thapa-news.jpeg

काठमाडौं । सरकारले शनिबार बाहेकका अनावश्यक बिदा कटौती गर्न थालेपछि यसबारे बहस चलेको छ । बिदा सान्दर्भिक कि असान्दर्भिक भन्ने सम्बन्धमा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले नेपाली पहिचान र गौरवसंग जोडिएका विषयमा प्रहार नहुने गरी बिदा दिन प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुझाव दिएका छन् । 

सामाजिक संजाल ट्वीरमार्फत थापाले भनेका छन्, ‘बिदा कटौती आबश्यक छ, हामीकहॉ धेरै सार्वजनिक बिदाहरु भए। तर, कटौतीको नाममा नेपाली पहिचान र गौरवसंग गांसिएका राष्ट्रिय एकता दिवस र महत्वपूर्ण सांस्कृतिक पर्वमाथि प्रहार हुनेछैन भन्ने बिश्वास गर्दछु ।’

यसबाट उनले नेपाली पहिचान र गौरवको संरक्षणमा जोड दिएका छन् । गणतन्त्र घोषणापछि पहिलो पटक दिइएको पुस २७ गतेको राष्ट्रिय एकता दिवस (पहिले पृथ्वी जयन्ती) काटिन लागेको प्रति पनि उनले सचेत गराएका छन् । 

सम्भवतः बुधबार बस्ने मन्त्रीपरिषदको बैठकले पहिले दिँदै आएका धेरै बिदामा कटौती हुनेछ । २२ दिनको सार्वजनिक बिदा कटौती गर्न गृह मन्त्रालयले प्रस्ताव तयार पारेको छ । 

गृह मन्त्रालय स्रोतका अनुसार नयाँ वर्षदेखि लोकतन्त्र, प्रजातन्त्र, गणतन्त्र र सहिद दिवस समेत कटौती हुन सक्नेछन् । पर्वका रुपमा जनैपूर्णिमा समेत कटौतीमा पर्ने देखिएको छ । त्यस्तै ल्होसार, क्रिसमस, छठलगायतका पर्व पनि पर्ने बुझिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ