arrow

मुआब्जा नपाएको भन्दै सडक बन्द, स्थानियलाई सास्ती

logo
रमित बिक 
प्रकाशित २०७४ चैत १४ बुधबार
bajura-district.png

बाजुरा । सडकमा परेको जग्गाको मुआब्जा नपाएको भन्दै स्थानियले सडक अबरोध गरेका छन् । साँफे मार्तडी सडकखण्ड अन्तर्गत बडिमालिका नगरपालिका वडा नं ४ मा रहेको तिपाडा बजारमा रहेका आफुहरुका जग्गा र घरहरुका मुआब्जा नपाएको भन्दै बुधबार  विहानबाट सडक बन्द गरेको स्थानिय धिरबहादुर सिंहले बताए । 

उनले आफुलगायत स्थानिय ११ जनाले जग्गाको मुआब्जा नपाएको बताएका छन् । जिल्ला प्रशासन कार्यालय बाजुरामा पटक–पटक माग राख्दा पनि ५ जना सिडिओहरु परिवर्तन हुँदासमेत माग पुरा नभएको उनीहरुको भनाई रहेको छ । 

आफ्ना २ वटा घरसमेत सडकमा पर्दा भत्काएको र चाहे जति मुआब्जा नपाएको गुनासोँ सिंहको रहेको छ । यता प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षेत्रीले भने २०७० सालमै मुआब्जा निर्धारण गरेर दिईसकेको तर उनीहरुले बारम्बार कम भएको बताउँदै आएको बताए ।

क्षेत्रीले चाँहे जति मुआब्जा दिन मिल्दैन भन्ने प्रश्नको जवाफमा नेपाल सरकारको नम्स अनुसार मुआब्जा दिईसकेको उल्लेख गरेका छन् । 

सडक विभागका मान्छेसंग समेत आफुले समन्वय गरेको तर पहिले नै मुआब्जा दिएको बताए ।

यता स्थानियले भने आफुहरु मुआब्जा दिएको जग्गामा सडक नभई आफु खुसी अरु जग्गामा सडक विभागले सडक विस्तार गरेको बताएका छन् । 

आफुहरुको माग पुरा नभए संघर्ष जारी रहने उनीहरुले बताएका छन् । यता जिल्ला प्रहरी कार्यालय बाजुराको टोली त्यस तर्फ गएको प्रहरी नायव उपरिक्षक हरीबहादुर वलीले बताए । 

सडक बन्दले विहानैदेखि यातायातका साधन बन्द भएपछि स्थानियलाई आवात जावतमा सास्ती भएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ