विप्लवलाई पक्राउ पूर्जी जारी गरेको जवाफमा केपी र प्रचण्डलाई नेकपाले जारी गर्यो पक्राउ पूर्जी
प्रकाशित २०७४ चैत १४ बुधबार
394
Shares
काठमाडौ । नेपाल कम्युनिष्ट पार्टीले प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दहाल 'प्रचण्ड' विरुद्ध पक्राउ पूर्जी जारी गरेको छ ।
नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवका नाममा सरकारले पक्राउ पुर्जी जारी गरेपछि ओली र दाहालका नाममा ‘जनअदालत’ मा मुद्दा परेको भन्दै त्यसका बारे छलफल गर्नका लागि १५ दिनभित्र हाजिर हुन नेकपाले एक पत्र काटेर वारेन्ट जारी गरेको हो ।
प्रधानमन्त्री केपी ओलीविरुद्ध केन्द्रीय जनअदालत रोल्पाले जारी गरेको पत्रमा २०७४ साल फागुन ६ गते विराटनगरमा हुन लागेको राष्ट्रिय युवा जनस्वयमं सेवकको सार्वजनीक कार्यक्रममा विराटनगर तर्फ जादै गरेका हेमन्तप्रकाश ओली, पदम राई र पार्टी सम्बद्ध झुटो मुद्दा लगाएको । साथै २०७४ चैत ५ गते किरणराई लगायत थुप्रै नेताहरुलाई बिनाकारण धनकुटामा थुनेको उल्लेख गरिएको छ ।
त्यस्तै माओवादी अध्यक्ष प्रचण्डविरुद्ध ‘केन्द्रिय जनअदालत’ का प्रकाशको नामबाट जारी गरि पूर्जीमा जनयुद्धको शान्ति प्रक्रियामा आएपछि क्रान्तिप्रति विश्वासघात गरेको , हतियार दुस्मनलाई बुझाएको र जनमुक्ति सेना विगठन गरेको भनिएको छ ।
विज्ञप्तीमा भनिएको छ 'माथिल्लो कर्णाली विद्युत आयोजना अरुण तेस्रो लगायत विभिन्न सम्झौता भारतीय कम्पनिहरुसँग गर्ने गराउने कार्यमा संलग्न रही राष्ट्रहित बिरुद्ध कार्य गरेको । कालीकोट जिल्लाको माल्कोटमा स्थानीय धनरुप बटाला र कैलालीका चन्द्रबाहादुर सिंह माथि गोलि चलाउन निर्दैशन गरेको।'
ओली–प्रचण्डको नेतृत्वमा वामगठबन्धन सरकारले पनि विगतको इतिहास र जनयुद्धका बेलाका शासकहरुले गरेको दमनलाई माथ गर्ने गरी दमन सुरु गरेको नेकपाले जनाएको छ । यस अघि नेकपाले ओली–प्रचण्डका हर्कतका विरुद्ध पक्राउ पुर्जी जारी गरी नेकपाले सञ्चालन गरेको जनसत्ताको जनअदालतले कारवाहीको सुरुवात गर्ने चेतावनी दिएको थियो ।