arrow

रुकुम पूर्वबाट पहिलोपटक काठमाडौं बस सेवा सुरु

logo
लोकेन्द्र खनाल,
प्रकाशित २०७४ चैत १४ बुधबार
bus-news-aaa.jpeg

रुकुम।  रुकुम पूर्वबाट काठमाडौं सिधा बस सेवा आजबाट सञ्चालनमा आएको छ । रुकुम पूर्व नयाँ जिल्ला भएपछि पहिलो पटक जिल्लाको भुमे गाउँपालिका २ खाबाङबाट–कास्की पोखरा हुँदै काठमाडौं सम्म डिलक्स बस सेवा सञ्चालनमा आएको हो ।

यो जिल्लाका स्थानीयलाई काठमाडौं जानको लागि गाडी चढ्न रुकुम पश्चिमको सदरमुकाम खलंगा आउनुपर्ने समस्या थियो । स्थानीयको समस्यलाई ध्यानमा राखेर जिल्लामा रहेको सिस्ने हिमाल बस तथा मिनीबस यातायात व्यवसायी समिति र बागलुङमा रहेको बुर्तिबाङ्ग यातायात समितिको सहकार्यमा बस सेवा सञ्चालनमा ल्याएको हो ।

यस अघि यहाँबाट काठमाडौंमा सिधा यातायात सेवा सञ्चालन नहुँदा यात्रु पश्चिम रुकुम आउनुपर्ने समस्यालाई समधान गर्नको लागि बस सेवा सञ्चालनमा ल्याएको समितिका अध्यक्ष जितेन्द्र बुढाथोकीले बताउनुभयो ।

आइतबारबाट काठमाडौंका लागि प्रत्येक दिन रात्रि बस सेवा सञ्चालन हुने अध्यक्ष बुढाथोकीले  बताउनुभयो । मध्यपहाडी लोकमार्ग भएर यहाँबाट बस सेवा सञ्चालन हुनेछन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ