arrow

'स्वास्थ्य मन्त्रालयमा खैनी–चुरोट बन्देज' : सिंहदरबारका कर्मचारी भन्छन्–अब रमाइलै हुन्छ

logo
यमुना भण्डारी,
प्रकाशित २०७४ चैत १४ बुधबार
health_new.jpg

काठमाडौं । ‘धुम्रपान स्वास्थ्यका लागि हानिकारक छ’, याे सन्देश चुरोटको बट्टामा उ बेलै लेखिएको थियो । अहिले त खैनी–चुरोटको बोक्रामा फोक्सो र मुखको क्यान्सर भएको चित्र समेत राखिएको छ । लेख्न पनि प्रष्टै लेखिएको छ, ‘धुम्रपान तथा सुर्तिसेवनले फोक्सोको क्यान्सर हुन्छ’ भनेर । पछिल्लो समय एउटा गीत सबैका ओठ–ओठमा झुण्डिएको छ, ‘खैनी चुरोट खान्छौ कि दाँतै कालो छ.....।’ यो गीत खैनी चुरोटबारे थाहा नभएका सान् साना बच्चाले पनि गाउँछन् । खैनी चुरोट खानेले समेत त्यो गीतको आनन्द लिन् ।

तर, बानी भने सुधार्दैनन् । सरकारले बनाइदिएको नियमको त मतलब नै छैन । सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन गर्न बनेको ऐन २०६८ अहिले धूलो जमेर बसेको छ । यो ऐनमा सार्वजनिक स्थानमा धूमपान तथा सुर्तीसेवन गर्न नहुने व्यवस्था छ । तर, सेवनकर्ताहरुले सार्वजनिक वा गोप्य स्थान चिन्दैनन्, अथवा वास्ता गर्दैनन् । आनी बानी पटक्कै सुधार्दैनन् ।

ऐनको दफा ३ मा राज्य तथा सरकारी निकाय, संस्था वा कार्यालय, शिक्षण संस्था, पुस्तकालय, तालिम था स्वास्थ्यसम्बन्धी संस्थालगायत मानिसको जमघट हुने  सार्वजनिक स्थलमा धूमपान निषेध गरेको छ । तर, सार्वजनिक स्थलमा चुरोट र सुर्ती सेवनमा कडाइ गर्ने र कारबाही गर्ने सरकारको अभियान धेरै दिन टिकेन ।

ऐन आउनेवित्तिकै एकाध व्यक्तिहरुलाई प्रहरीले समातेर भ्यानमा हाल्यो । केहीबाट जरिवाना पनि डाँड्यो । सँधै भ्यानमा हाल्ने र जरिवाना गर्ने जाँगर कायम राख्न सकेन, सरकारले । अर्कोतिर नयाँ सरकार आउनेवित्तिकै नयाँ मन्त्रीले नयाँ नौला कार्यक्रम देखाएकै हुन् । पोहोर साल मात्रै, वैशाख १ गतेका दिन स्वास्थ्य मन्त्रालयले ‘मेरो वर्ष मेरो स्वास्थ्य’ नाम दिइएको अभियान सुरु गरेको थियो ।

तत्कालीन स्वास्थ्यमन्त्री गगन थापाले काठमाडौंको बसन्तपुरमा जनतासामु छातीमा हात राखेर पाँच प्रतिवद्धता जनाए । ‘मेरो वर्ष अभियान ०७४’ तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले शुभारम्भ गरे । अभियानका क्रममा २०७४ को अन्तिम दिन अर्थात चैत मसान्तसम्म विभिन्न कार्यक्रम सञ्चालनमा आउने भनियो । पछि तत्कालीन मन्त्री र स्वास्थ्यमन्त्रीले धेरै समय काम गर्न पाएनन् । सरकार परिवर्तन भएसँगै मन्त्री पनि फेरिए । सरकार परिवर्तनसँगै यो अभियानमा असर पुग्यो । अहिले गोरखापत्रमा छापिने सन्देशबाट ‘मेरो वर्ष मेरो स्वास्थ्य’ अभियान छँदै छ भन्ने जानकारीसम्म पाएका छन् नागरिकले । अब वर्ष नै सकिँदै छ ।

तत्कालीन स्वास्थ्य मन्त्री थापाले अभियान अन्तर्गत नागरिकलाई पाँच प्रतिवद्धता जनाउन अपिल गरेका थिए । ‘म रक्सी, चुरोट तथा सुर्तीजन्य पदार्थ खान्न, म नियमित व्यायाम गर्छु ,म स्वस्थ र पोषिलो खाना खान्छु, म नियमित स्वास्थ्य परिक्षण गराउँछु , म मेरो परिवार र समुदायको स्वास्थ्यप्रति सजग रहन्छु ।’

यो अभियान विशेषगरी बदलिदो जीवनशैली तथा खानपानका कारण नसर्ने रोगको जोखिम बढीरहेकाले स्वस्थ जीवनशैली अपनाउनको लागि सुरु गरिएको थियो ।अहिले स्वास्थ्य मन्त्रालयले देशभरबाटै क्यान्सरको पहिचान र स्थिति थाहा पाउन गणना नै थालेको छ । तर, स्वास्थ्य मन्त्रालयले बल्ल आफैबाट खैनी–चुरोट सेवनमा नियन्त्रण गर्न थालेको छ ।

अब स्वास्थ्य मन्त्रालयमा काम गर्ने कर्मचारी मात्रै होइन, निजी वा संस्थागत काम लिएर मन्त्रालय छिर्न खोज्ने जो कोहीले खैनी–चुरोट बोक्न पाउने छैनन् । खल्तीमा खैनी–चुरोट बोकेको छ भने, सुरक्षाकर्मीले गेटमै रोक्नेछन् । खल्तीमा बोकेका सुर्तीजन्य पदार्थ फोरको डिब्बामा हालेपछि मात्रै भित्र छिर्न पाइने छ । मन्त्रालयको घर भित्र वा परिसरमा खैनी–चुरोट खाएको पाइए जरिवाना नै तिर्नुपर्ने छ ।

स्वास्थ्य राज्यमन्त्री पद्मा कुमारी आर्यालले सुरुवात आफ्नै मन्त्रालयबाट गरेको बताइन् । उनले भनिन्, ‘परिवर्तनको सुरुवात आफैबाट गर्नुपर्छ भने झैँ । सुरुवात हाम्रै मन्त्रालयबाट हुन्छ । त्यसपछि हाम्रै मन्त्रालय मातहका स्वास्थ्य निकायहरुमा लागू हुन्छ ।’ राज्यमन्त्री अर्यालले आफूहरुकहाँ लागू गरिसकेपछि सरकारलाई सबै मन्त्रालय तथा ति मातहतमा लागू गर्न आग्रह गर्ने बताइन् । उनले अगाडि भनिन्, ‘निर्देशिका तयार गरेर लागू गर्न भनिन्छ ।’ ऐनले त पहिल्यै व्यवस्था गरेको थियो । यो कदमले ऐन कार्यान्वयनमा समेत सहयोग पुग्ने उनले बताइन् । मन्त्रालयका  उच्च अधिकारी सम्मिलित बैठकमै उनले कर्मचारीलाई सुर्तीजन्य पदार्थ बोकेर नआउन निर्देशन दिइएकी थिइन् ।

मन्त्रालयका सूचना अधिकारी एवं उप–सचिव रामहरि लामिछानेका अनुसार अहिलेनै भटाभट कारबाही हुन थालेको भने होइन । उनले भने,  ‘चेतावनी दिइएको छ । गेट बाहिर डस्टबिन राख्न लगाइएको छ । कडा चेकजाँच गरेर खैनी चरोट डस्टबिनमा हाल्न लगाएर मात्रै भित्र प्रवेश गर्न दिइन्छ ।’

हामीनै स्वास्थ्यसम्बन्धी काम गर्छौ, उनले भने, ‘अनि हाम्रै मन्त्रालयमा खैनी चुरोट बोकेर आएको र सेवन गरेको देखिएको भने त्यसले सोभा दिँदैन ।’ कहिलेसम्म हो यो नियम टिक्ने ? उनलाई नै थाहा छैन । भन्छन., ‘भन्न सकिन्न । सुरु भयो भने लागू भइरहनु पर्ने हो ।’ अहिले गेटमा, भित्तामा जतातत्रै धुम्रपान निषेधित क्षेत्र भनेर पोष्टर टाँसिएको छ ।

सिंहदरबारका कर्मचारी- अब रमाइलै हुन्छ

स्वास्थ्यमन्त्रालय सिंहदरबार बाहिरै छ । तर, केही समयपछि यो नियम सिंहदरबारको गेटभित्र छिर्ने छ । अनि सिंहदरबारभित्र छिर्नेहरु पनि यसरी नै खानतलसीमा पर्ने छन् । यो कुरा स्वास्थ्य राज्यमन्त्री अर्यालले नै भनेकी हुन् ।

सिंहदरबारभित्र काम गर्ने श्रीकण्ठ श्रेष्ठले यो नियम ढिलो चाँडो सिंहदरबार छिर्दैछ भन्ने थाहा पाएछन् । उनी आफु चाँही खाँदैन भन्छन् । उनले भने, ‘जे नियम ल्याएपनि हामीलाई त रमाइलै लाग्छ ।’

यहाँभित्र ल्याउन नदिएपछि कहाँ गएर खाने होलान् त कर्मचारी ? जवाफमा उनले भने, ‘हुन त खाने मुखलाई जुँगाले छेक्दैन । तर, दिनको प्याकेटै सिध्याउने मान्छेले अलि थोरै खालान्त ! कि कसो हाँस्दै...।’ आफ्नै स्वास्थ्यका लागि लागू हुने नियमलाई त स्वागत गर्नु पर्‍यो नि !, उनले भने ।
यहाँ लुकी कुकी खान्छन् हो, ‘कहाँ खालान् र ? क्यान्टिनवाला जरिवानामा परिहाल्छ । शौचालयभित्र लुकेर खान्छन् भने के कुरा गर्नु ।’ मलाई त यो नियम गज्जब लाग्या छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ