arrow

धनकुटा ट्रेड युनियनमा विगेन्द्र

logo
प्रकाशित २०७४ चैत १५ बिहिबार
dhankuta.png

धनकुटा । नेपाल टेड युनियन कांग्रेस धनकुटाको छैटौं जिल्ला अधिवेशनले विगेन्द्र याक्खालाई अध्यक्षमा पुन चयन गर्दै सम्पन्न भएको छ ।

नेपाल ट्रेड युनियन कांग्रेसका पुराना नेता तथा नेपल शिक्षक संघ धनकुटा पूर्व अध्यक्ष वरिष्ठ शिक्षक इश्वरी प्रसाद अधिकारीले उक्त अधिवेशनको उद्घाटन गर्दै श्रम शक्तिनै राष्ट्रको शक्ति भएकाले राष्ट्रले श्रमको सम्मान गर्नु पर्नेमा जोड दिएका थिए ।

उद्घाटन कार्यक्रममा नेपाल प्रेस युनियनका केन्द्रिय उपाध्यक्ष विजय सन्तोषी राई,नेपाल शिक्षक संघका प्रदेश नम्वर १ का उपाध्यक्ष गंगाराम ढुंगाना,नेपाल ट्रेड युनियन कांग्रेस प्रदेश नम्वर १ का महिला अध्यक्ष राम कुमारी भण्डारी,नेपाल शिक्षक संघ धनकुटाका अध्यक्ष धिरेन्द्र वहादुर सुब्बा,उपाध्यक्ष टिकाराम श्रेष्ठ, ट्रेड युनियन कांग्रेसका उपाध्यक्ष रेणु श्रेष्ठ,नेपाल प्रेस युनियनका अध्यक्ष यानिन्द्र तिगेला,नेपाल वितिय कर्मचारी संघका अध्यक्ष पूर्ण याक्खा,दामोदर सुवेदी,रेविका वराल लगायतले मुलुकको परिवर्तनका लागी श्रमीकहरुले महत्पूर्ण योगदान दिएको वताउदै श्रमीकहरुले उचित ज्याला पाउनु पर्नेमा समेत जोड दिएका थिए । 

नेपाल ट्रेड युनियन कांग्रेस धनकुटाका अध्यक्ष विगेन्द्र याक्खाको अध्यक्षतामा सम्पन्न भएको अधिवेशनको उद्घाटन समारोहमा स्वागत मन्तव्य सहसचिव झमक कटुवालले तथा कार्यक्रमको संचालन सचिव गुरु काफ्लेले गरेका थिए । 

जिल्ला अधिवेशनले बिगेन्द्र याक्खालाई पुन अध्यक्षमा चयन गर्नुका साथै उपाध्यक्षहरुमा कुल प्रसाद दाहला खुल्ला,रेविका वराल महिला उपाध्यक्ष, बिनोद घिमिरे सेवा तर्फको उपाध्यक्ष, पूर्ण कुमार चौधरी उत्पादन तर्फको उपाध्यक्ष र स्वरोवगार तर्फको उपाध्यक्षमा दामोदर सुवेदी, सचिव झमक कटुवाल, सह सचिव तुलसी थापा, महिला सहसचिव दिक्षा आचार्य , कोषाध्यक्षमा जीवनाथ ढुंगान र सहकोषाध्यक्षमा दीपकला तामाङ्गलाई चयन गरेको  निर्वाचन समितिका संयोजक शारदा सन्तोषी राईले बताए । 

यसैगरी सदस्यहरुमा दामोदर घिमिरे,कृष्ण गोविन्द्र चेम्जोङ्ग,मिङ्गकु ठाकुर,बलराम लिम्बु,पुरुषोत्तम अर्याल,अन्जु दाहाल,सर्मिला राई,पार्वती घिमिरे चापागाई, आस्मा प्रधानलाई चयन गरेको  निर्वाचन समितिका सदस्य हेमकर्ण दाहालले बताए ।

यस्तैगरी प्रदेश प्रतिनिधि तथा संघिय प्रतिनिधिमा राम कुमारी भण्डारी,धिरेन्द्र वहादुर लिम्बु,विजय राई,कविराज घिमिरे,रेणु श्रेष्ठ,रुकमान तामाङ्ग,गुरु प्रसाद काफ्ले लगायतलाई चयन गरेको निर्वाचन समितिका सदस्य दिपेन्द्र राईले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ