arrow

मलाला ६ वर्षपछि घर फर्किइन् 

logo
प्रकाशित २०७४ चैत १५ बिहिबार
malala.jpg

काठमाडौं । नोबेल शान्ति पुरस्कार विजेता २० वर्षिया मलाला युसुफजाई ६ वर्षपछि पहिलो पटक स्वदेश (पाकिस्तान) फर्किएकी छिन् ।

सन् २०१२ मा तालिवान लडाकूले गोली प्रहार गरेपछि उनी बेलायतमा निर्वासित भएकी थिइन् । 

बालिका शिक्षाको पक्षमा अभियान चलाएको भन्दै सन् २०१२ मा एक जना बन्दुकधारीले १४ वर्षको उमेरमा उनलाई गोली प्रहार गरेका थिए ।

कडा सुरक्षाबीच इस्लामावादस्थित बेनजिर भुट्टो अन्तर्राष्ट्रिय विमानस्थलमा उनी आफ्ना बाबुआमासँगै देखिएकी हुन् ।

सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै’ मलालाको भ्रमणसम्बन्धी विस्तृत विवरण गोप्य राखिएको छ । 

उनले पाकिस्तानी प्रधानमन्त्री शाहिद खकान अब्बासीसंग छलफल गर्ने बुझिएको छ । 

मलाला आफ्नै घर स्वात जाने या नजाने भन्ने अझै यकिन भएको छैन । 

उनले सन् २०१४ मा नोबेल शान्ति पुरस्कार जितेकी थिइन् । 

A car is photographed arriving at a hotel in Islamabad

Malala in hospital bed surrounded by her family

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ