arrow

पाल्पामा बस दुर्घटना, दुईको मृत्यु

logo
प्रकाशित २०७४ चैत १५ बिहिबार

तानसेन । पाल्पाबाट बुटवलतर्फ गइरहेकाे गरेको बस पाल्पाको तानसेनमा विहीबार बिहान  दुर्घटना हुँदा दुुई जनाको मृत्यु भएको छ ।

बुटवलतर्फ गइरहेकाे लु १ ख ८१७४ नम्वरको बस तानसेन नगरपालिका ७ लामिडाँडाँमा दुर्घटना हुँदा दुुई जनाको मृत्यु भएको पाल्पा प्रहरीले जनाएको छ । 

दुर्घटनामा पाल्पाको तिनाउ गाउँपालिका वडा नम्बर ४ का सागर घर्ती र  रुपन्देहीको तिलोत्तमा नगरपालिकाका राजकुमार पाण्डेको मृत्यु भएको ट्राफिक प्रहरीले जनाएको छ । चालक निदाएर बस दुर्घटना भएको हुनसक्ने प्रहरीको आशंका छ ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ