arrow

दुवै राप्रपा उत्रिए बिदा कटौती विरुद्ध

logo
प्रकाशित २०७४ चैत १६ शुक्रबार
RPP-RPP-Nepal.jpeg

काठमाडौँ । दुवै राष्ट्रिय प्रजातन्त्र पार्टीले राष्ट्रिय एकता दिवसको बिदा कटौती नगर्न माग गरेका छन् । कृष्णजन्माष्टमी, रामनवमी, घटस्थापनालगायत बिदा कटौती गरी सरकारले बिदा नदिने गरेको निर्णयले हिन्दू धर्मावलम्बीको भावनामा गम्भीर आघात पुर्याएको राप्रपाका प्रवक्ता भुवन पाठकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 

मन्त्रिपरिषद्को बैठकले गरेको यस्तो निर्णयले परम्परागत मूल्य मान्यतालाई अवमूल्यन गरेको र सामाजिक सद्भाव खल्बलिन सक्ने, धार्मिक द्वन्द्व बढाउने खतरा रहेको जनाइएको छ । 

यसैगरी राप्रपा (प्र) का प्रवक्ता राजेन्द्र गुरुङले धर्म र आस्थासँग भावनात्मक सम्बन्ध भएका विभिन्न किसिमका बिदाले सांस्कृतिक एकतालाई जोडेको हुँदा सामाजिक एकतालाई बलियो बनाउन सहयोग पुर्याएका बिदा कटौतीमा पुनःविचार गर्न माग गरे । 

एराप्रपा (राष्ट्रवादी) का उपाध्यक्ष तारानाथ लुईटेलले विभिन्न जाति तथा समुदायमा विभक्त नेपाली समाजलाई एकतावद्ध गर्न राष्ट्रिय एकता दिवसले सहयोग पुर्याएको बताउँदै दीर्घकालसम्म गहिरो प्रभाव पार्ने उक्त निर्णयलाई सञ्चाउन सरकारलाई आग्रह गरे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ