- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । पपुवा न्यूगिनीमा ६.९ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको छ । पपुवा न्यूगिनीको न्यू ब्रिटेन आइल्याण्डमा उक्त भूकम्प गएको बीबीसीले जनाएको छ ।
रबाउल सहरबाट १६२ किलोमिटर टाढा मात्र जमिनदेखि १० किलोमिटर गहिराइमा केन्द्र विन्दु भएर भूकम्प गएको हो ।
भूकम्पले गराएको क्षतिको विवरण अझै आएको छैन ।
यसअघि गत फेबु्रअरीमा आएको भूकम्पका कारण १०० जनाको मृत्यु भएको थियो ।