arrow

इयूबारे यसो भने नवराज सिलवालले

logo
प्रकाशित २०७४ चैत १६ शुक्रबार
navaraj-silwal.jpg

काठमाडौं । युरोपियन युनियन इयूको चुनावी प्रतिवेदनप्रति नेपालले चर्को विरोध गरेको छ । 

केपी शर्मा ओली नेतृत्वको सरकारले चर्को विरोध गरेपछि अन्य दलहरुले पनि सरकारको भनाइमा समर्थन गरेका छन् । 

यस सम्बन्ध एमालेका सांसद पूर्व डीआइजी नवराज सिलवाल पनि बोलेका छन् । 

उनले सामाजिक संजाल ट्वीटरमा लेखेका छन्, ‘उनीहरूले पाठ सिक्नु जरूरी थियो र नेपाल सरकारले जनताको बलियो सरकार भएको अनुभुति पनि दियो। यूरोपियन युनिएनको पछिल्लो कदम अन्तर्राष्ट्रीय कानून र अभिसन्धि तथा प्रचलनको प्रतिकूल छ।’

इयूले संविधान विपरित खस–आर्यका विषयमा बोलेको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ