arrow

प्रजातान्त्रिक यातायात महासंघको अध्यक्षमा काफ्ले

logo
श्रीकृष्ण सिग्देल,
प्रकाशित २०७४ चैत १६ शुक्रबार
yatayat2.jpg

स्याङ्जा ।  राष्ट्रियता, लोकतन्त्र समाजवाद र देशविकासका लागी सडक यातायात भन्ने नाराका साथ नेपाली काँग्रेस समर्थित नेपाल प्रजातान्त्रिक राष्ट्रिय यातायात व्यवसायी महासंघ स्याङजाको अधिवेसनले ३ सदस्य पछि थप गर्ने गरी १७ सदस्यीय जिल्ला कार्यसमिति गठन गरेको छ ।

महासंघको अध्यक्षमा गुणनिधि काफ्ले, उपाध्यक्षमा महेशबहादुर थपा, सचिवमा राजेन्द्र अर्याल, उपसचिवमा विमल अर्याल, कोषाध्यक्षमा हमिफमिँया रहेका छन् । भने सदस्यहरुमा सुर्य चापागाँई, प्रविन गुरुङ, चेतनारायण श्रेष्ठ, टंक तिवारी, अर्णबहादुर गोदार, दिपेन्द्र श्रेष्ठ, पदम गुरुङ, दिपक श्रेष्ठ, श्रीप्रसाद श्रेष्ठ चयन भएका छन् ।

कार्यक्रममा बोल्दै प्रदेश सभाका सांसद भागवतप्रकाश मल्लले नेपाली काग्रेसको नेतृत्वको सरकारले ३ तहको निर्वाचन सम्पन्न गरेको  स्मरण गर्दै अव समृद्धितर्फ मुलुक प्रवेश गरेको बताए । नेपाली काँग्रेस र नेपाल प्रजातान्त्रिक राष्ट्रिय यातायात व्यवसायी महासंघ बीच नङ र मासुको जस्तै सम्बन्ध रहेको उल्लेख गर्दै मल्लले पार्टीलाई बलियो बनाउन सबै एकसाथ लाग्नु पर्ने बताए ।

कार्यक्रममा यातायात महासंघका केन्द्रिय महासचिव केदारनाथ पौडेल, काँग्रेसका क्षेत्रिय सभापति तुल्सीराम रेग्मी, कागे्रसका जिल्ला प्रवक्ता ईन्द्रबहादुर गोदार, कागे्रसका जिल्ला सचिव कुमार रानालगायतले बोलेका थिए । संयोजक गोकर्ण कार्कीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन अमृत शाहीले गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ