पाल्पा । नेपाल ट्रेड युनियन काँग्रेस पाल्पाको छैठौं जिल्ला अधिवेशन तानसेनमा भएको छ । युनियनको अध्यक्षमा लक्ष्मण रायमाझी निर्वाचित भएका छन् । उनले प्रतिद्धन्दी रमा पन्तलाई १२ मतको अन्तरले हराएका हुन् । नवनिर्वाचित अध्यक्ष रायमाझीले ६१ मत पाए भने उनका प्रतिदन्द्धी पन्तले ४९ मत ल्याएकी थिइन् ।
निर्वाचनमा १ सय १६ मत खसेकोमा आठ मत मदर भएको थियो । अध्यक्षमा सहमती नभए पछि निर्वाचन गर्नु परेको थियो । अधिवेशनले रायमाझीको अध्यक्षतामा १८ सदस्यीय नयाँ कार्यसमिति समेत चयन गरेको छ । युनियनको खुल्ला उपाध्यक्षमा निलकण्ठ देवकोटा, महिला उपाध्यक्षमा सरस्वतीराज भण्डारी, सेवा उपाध्यक्षमा मणिराज अधिकारी, स्वारोजगार उपाध्यक्षमा सुनिल बूढाथोकी, सचिव टुनवीर रेस्मी, खुल्ला सह सचिव रीता देवी भट्टराई, महिला सहसचिवमा रेनुका देवकोटा, कोषाध्यक्ष वेदराम श्रीस र सह कोषाध्यक्ष देव लक्ष्मी भट्टराई निर्वाचित भएका छन् ।
खुल्ला सदस्यहरुमा शालिकराम गन्र्धव, खीमानन्द पोखरेल, टंक प्रसाद अर्याल, तेजबहादुर गहतराज, महिला सदस्यहरुमा शारदा बस्याल, शान्ति थापा, रेखा राना र वविता पन्थी रहेका छन् । समितिले केन्द्रीय प्रतिनिधि र प्रदेश प्रतिनिधिहरु पनि चयन गरेको छ । युनियनको केन्द्रीय प्रतिनिधि सदस्यमा गोविन्द प्रसाद न्यौपाने, माया कुमारी शर्मा नेपाल, शारदा नेपाल र सकुन्तला घिमिरे रहेका छन् । त्यस्तै प्रदेश प्रतिनिधि सदस्यमा अग्रज भण्डारी, कृष्ण बहादुर विष्ट, शारदा पाण्डे घिमिरे, सुजन कार्की, लोकनाथ अधिकारी, सूर्यप्रसाद नेपाल, कमल वास्ताकोटी र विष्णु कुमारी श्रेष्ठ रहेका छन् ।
अधिवेशनको उद्घाटन गर्दै नेपाली काँग्रेसका जिल्ला सभापति तथा प्रदेशसभा सदस्य वीरबहादुर रानाले श्रम गर्ने व्यक्तिको सम्मान गर्नुपर्ने बताए । उनले श्रमिकको हक र हितमा काम गर्न नयाँ आउने कार्य समितिलाई आग्रह पनि गरेका छन् । गरिवीको आयस्तर वृद्धि नगरी मुलुकमा शान्ति र समृद्ध नआउँने बताउदैं सरकारले पहिलो प्रथामिकता मजदुर र किसानलाई दिनुपर्नेमा जोड दिएका छन् ।
कार्यक्रममा नेपाली काँग्रेसका पूर्व केन्द्रिय सदस्य राजप्रसाद पन्तले नेपाली श्रमिकको न्यूनतम पारिश्रमिक, स्वास्थ्य वीमा, सञ्चयकोष, नियुक्ती पत्र जस्ता आधारभूत सेवा दिलाउने विषयलाई नवनिर्वाचित कार्यसमितिले पहल गर्नुपर्ने बताए ।