arrow

भारतबाटै हुन लागेको ओलीको विदेश भ्रमणको तालिका सार्वजनिक

logo
प्रकाशित २०७४ चैत १६ शुक्रबार
oli-modi.jpg

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणको मिति नेपाल तथा भारत सरकारले सार्वजनिक गरेको छ। दुबै देशका परराष्ट्र मन्त्रालयले भ्रमण मिति सार्वजनिक गरेको हो।  

परराष्ट्र मन्त्रालयले शुक्रवार जारी गरेको विज्ञप्तिमा प्रधानमन्त्री ओलीले चैत २३ देखि २५ सम्म भारत भ्रमण गर्ने उल्लेख छ । 

मन्त्रालयले प्रधानमन्त्रीको भ्रमण राजकीय हुने बताएको छ । 

भ्रमणका दौरान प्रधानमन्त्री ओलीले भारतीय राष्ट्रपति राम नाथ कोविन्द, उपराष्ट्रपति एम भेनाकाही नाइडु, प्रधानमन्त्री नरेन्द्र मोदी लगायतसँग भेट गर्नेछन् ।

त्यस्तै, अन्य मन्त्रीहरुसँग भेट हुने पराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रधानमन्त्री ओलीले पटनागर र उत्तराखण्डको भ्रमण गर्नेछन् भने गोविन्द बल्लभ पन्त युनिभर्सिटी अफ एग्रिकल्चर एण्ड टेक्नोलोजीमा आयोजना हुने कार्यक्रममा सहभागी हुनेछन् ।

भारतले २४ देखि २६ सम्म प्रस्ताव गरेपनि अन्तिम टुङगो लागेको भ्रमण मिति र तालिका बारेमा भारतीय विदेश मन्त्रालयले सार्वजनिक गरेको हो। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ