arrow

पत्रकार महासंघ कास्की शाखाले गर्‍यो सम्मान

logo
सरिता तिम्सीना पगेनी,
प्रकाशित २०७४ चैत १६ शुक्रबार
samman1.jpg

पोखरा । नेपाल पत्रकार महासंघ कास्की शाखाले स्थापना दिवसको अवसरमा शुक्रवार एक  कार्यक्रम आयोजना गरि पत्रकार लगायत महासंघलाई विभिन्न समयमा सहयोग गर्ने व्यक्तित्वहरुलाई सम्मान गरेको छ ।

कृति स्मृति पत्रकारिता वृत्ति सम्मान २०७४ वाट प्रेस स्वतन्त्रता सेनानी पत्रकार वद्री विनोद प्रतीक, पोखरा पत्रकारिता सम्मानवाट वरिष्ठ कार्टुनिष्ट दुर्गा बराल वात्सायन, पोखरा पत्रकारिता संस्थागत सम्मानवाट पोखरा लेखनाथ महानगरपालिका कार्यालय र जगन्नाथ सिग्देल स्मृति प्रोत्साहन पत्रकारिता पुरस्कार २०७३ वाट रुद्र श्रीसमगर र २०७४ बाट रन्जन अधिकारी क्षेत्री सम्मानित भएका हुन । उनीहरुलाई दोसल्ला, माला, अबिर र नगद पुरस्कारले सम्मान  गरिएको हो ।

त्यस्तै महासंघको जग्गा प्राप्ति, भवन निर्माण, अक्षयकोष वृद्धि र पूर्वाधार सम्पन्न वनाउन सहयोग पुर्याउने व्यक्तित्वहरु विश्वप्रकाश लामिछाने, सन्तोष घिमिरे, ललित गुरुङ, डा.चन्द्रवहादुर गुरुङ र ईन्जिनियर महेन्द्रवहादुर गोदारलाई कार्यक्रममा विशेष सम्मान गरेको महासंघका अध्यक्ष दीपेन्द्र श्रेष्ठले बताए ।

कार्यक्रममा बोल्दै प्रदेश नुम्बर ४ का मुख्य मन्त्री पृथ्वी सुब्बा गुरुङ ले प्रदेशको अधिकारलाई केन्द्रले हस्तक्षप गर्नु नहुनेमा जोड्दिए । विकास भनेको प्रदेशमा हुन्छ, महानगरमा हुन्छ, नगरपालिका, गाउँपालिकामा हुन्छ र वडामा हुन्छ स्थानीय स्तरको विकासको जिम्मा प्रदेशमा नै हुनु पर्नेमा जोड्दिए ।

सांसद सुर्य बहादुर केसीले नेपाली जनतालाई जातीका नाममा जुदाएर युयुले नेपालीमा जातीय द्धन्द ल्याउन खोजेको आरोप लगाए । उनले नेपालीहरु सबै भाषा, जात र धर्मका मिलेर बसेको बताउदै युयुले भड्काउने खोजेको बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ