arrow

बाजुराबासीको २२ बर्ष पछिको सपना पुरा हुदै, कालोपत्रे साँफे-मार्तडी सडक खण्ड

“बार्जुगाड मार्तडी सडक पहाडी जिल्लाकै नमुना”

logo
रमित बिक,
प्रकाशित २०७४ चैत १६ शुक्रबार
bajura_(2)1.jpg

बाजुरा ।  साँफे मार्तडी सडक निर्माणकार्य सुरु भएको २२ वर्षपछि  बल्ल कालोपत्रे हुन थालेको छ ।  आछाम साँफेबगरदेखि बाजुरा सदरमुकाम मार्तडी सम्म ५७ किलो मिटर लम्बाई उक्त सडक खण्डको ८५ प्रतिशत काम सम्पन्न भईसकेकाले आगामी वैशाख सम्ममा निर्माणकार्य सम्पन्न हुने सडक निर्माण आवासीय ईञ्जिनियर (कन्सलटेन्ट) पुष्पराज भट्टले जानकारी दिए ।    

बाजुरा, मुगु र  हुम्ला जिल्लाको मुख्य बाटोको रुपमा रहेको उक्त सडक खण्ड दुई दशक बितिसक्दा पनि  पक्की हुन नसक्दा यात्रुलाई आवागमनमा मर्का परेको थियो ।  वर्षादको समयमा सदरमुकाम मार्तडीबाट पैदल यात्रा गर्नुपर्ने अवस्था थियो ।

सडक कालोपत्रे  हुन थालेसँगै मालवहाक ट्रक, बस तथा जिप नियमित सञ्चालन हुन थालेपछि बाजुराबासीको २२ बर्षपछिको सपना पुरा हुने भएको छ । बार्जुगाड खोला देखि मार्तडीसम्म गर्‍याबलकार्य सम्पन्न भईसकेको छ । उक्त सडकखण्डमा  जिल्ला बाहिर तथा ग्रामीण सडकबाट यातायात सेवा नियमित भएको यातायात सञ्चालक देबेन्द्र नाथले बताए  ।

 यातायात सेवा नियमित भएपछि दैनिक उपभोग्य समानपनि सर्वसुलभ मुल्यमा प्राप्त भएको छ  भने दिनभर काम गरेरर बेलुकी टाढाको यात्रा गर्न पनि सहज भएको स्थानीय ब्यापारी चक्र रोकायले बताए ।

 दुई वर्षमा निर्माणकार्य सम्पन्न गर्ने लक्ष्यका साथ सुरु गरेको बार्जुगाड–मार्तडी  २७ किलोमिटर  सडक कालोपत्रे गर्ने जिम्मा ३ वटा कन्ट्याक्टरले जिम्मा पाएका थिए । हरिश्चन्द्र ईण्डिया प्रा.लि. लामा कन्ट्रक्सन र पिएस कन्ट्रक्शनको जोईन्ट भेन्चरमा बोल पत्र स्वीकृत भएको थियो ।

 २ वर्षका लागि  बोलपत्र स्वीकृत भएको सडक विभाग ईकाई कार्यालय साँफेका कर्मचारी कृष्ण बुढाले बताए ।“भारतीय एक्जिङ्ग बैकको ऋण सहयोगमा ६६ करोड पचाँस लाख रुपैंयाको लगानीमा निर्माण हुन लागेको हो । सााँफे मार्तडी सडक खण्ड कालो पत्रे गर्ने ४४ महिना भईसकेको छ ।  दुई वर्ष थप गरेर सडक निर्माण कार्य पुरा हुने जस्तो छ ”बुढाले भने।

  भारतीय एक्जिङ्ग बैंकले कागजपत्र अपुग भएको भन्दै ६ महिना ढिलो गरी स्वीकृती आएको, २०७२ को महाभुकुम्प र भारतीय नाका बन्दीका कारण तोकिएको समय सिमा भित्र निमार्ण गर्न नसकेको ईञ्जिनिअर भट्टले बताए । गुइँगाड,घट्टेखोला, र बुढिगंगामा पक्की पुल बनेका छैनन् । ओलेनामा पहिरोको जोखिमले सडकको केही भाग कालोपत्रे गर्न कठिनाई भएको सडक निर्माण कर्ताले बताएका छन् ।

 त्यस्तै तिपाडा र सदरमुकाम मार्तडीको ताली देखि पानीपातल जिरो प्वाईन्ट सम्म  स्थानिय जग्गाधनीसंगको मुआब्जा  विवादका कारण करिव ५०० मिटरसडक खण्ड कालोपत्रे गर्न रोकिएको छ । पुल,पहिरो जोखिम र विवादका कारण  करिव १ किलो मिटर सडक अझैँ कालोपत्रे  हुदैन, बाँकी सडकखण्ड आउँदो बैशाखमा पुराहुने निमार्ण कम्पनीले बताएको छ । विवादित ठाउँमा आपसी सहमती गराउन स्थानीय प्रसाशन तथा सरोकारवालाको यथासिघ्र ध्यानजान आवस्यक रहेको छ ।

सडक विभागका अनुसार साँफे बार्जुगाड सडक खण्डमा परिक्षणका रुपमा  विगतमा वटासिल प्रविधी प्रयोग गरिएको थियो । उक्त प्रविधी भरपर्दो नभएपछि डबल विटामिन सर्फेस ट्रिकम्यान्ट  (डिविएसटी) प्रबिधी प्रयोग गरिएको  बताईएको छ । प्राकृतिक प्रकोप बाहेक ८ देखि १० वर्ष सम्म सडकको ग्यारेण्टी हुने सडक कन्सलटेन्स ईन्जिनीयर भट्टले बताउनुुभयो । डबल लेनको  सडक निर्माण कार्य सम्पन्न भए पछि साँफे मार्तडी  पहाडी जिल्लाकै सबैभन्दा  नमुना सडक हुने यात्रु तथा सम्बद्धपक्षले बताएका छन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ