arrow

रहेनन् कांग्रेस नेता खुमबहादुर खड्का

logo
प्रकाशित २०७४ चैत १६ शुक्रबार
khumbahadur-dead.png

काठमाडौं। नेपाली कांग्रेसका नेता खुमबहादुर खड्काको  निधन भएको छ । उनको भारतको नयाँ दिल्ली स्थित अपोलो अस्पतालमा उपचारको  क्रममा शुक्रबार साझ निधन भएको हो।  

अपोलोमा उपचार शुरु भएको ३९ दिनमा खड्काको निधन भएको हो। उनको उपचारमा संलग्न चिकित्सकहरुले उनलाई बचाउन नसकेको बताएका छन्। अपोलोका प्रबन्ध निर्देशक डा अशोक वाजपेयीले खड्काजीलाई बचाउन नसकेकोमा दुख व्यक्त गरे।

नेपाली काँग्रेसले औपचारिक रुपमा खड्काको निधनको पुष्टि गरेको छ। पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले खड्काको निधनको पुष्टी गर्दै उहाँको आत्माको शान्तिको कामना गर्दै  परिवारजनमा पार्टीका तर्फबाट समवेदना प्रकट गरेका छन्। 

नेपाली काँग्रेसका नेता खुम बहादुर खड्काको स्वास्थ्य उपचारको बारेमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका तर्फबाट सचिवालयले चासो राखेको थियो। भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले दिल्लीमा रहेका खड्काको आफन्तलाई फोन गरेर उपचारमा आफ्नो तथा प्रदेश सरकारका तर्फबाट गर्नुपर्ने सहयोगका लागि आश्वस्त बनाएका थिए। डा वाजपेयीले योगीजीका तर्फबाट खड्काको उपचार र स्वास्थ्य अवस्थाबारे जानकारी लिएको बताएका थिए। वाजपेयीले आफ्नो मोवाइलमा मेसेज देखाउँदै भनेका थिए, ‘ नेताजीको बारेमा बिभिन्न व्यक्तिले चासो रारवेका सन्देशले मेरो मोवाइल भरिएको छ।’

खड्काको स्वास्थ्य अवस्थाबारे जानकारी लिन काँग्रेस नेताहरू केन्द्रिय सदस्य शंकर भण्डारी र रमेश लेरवक मंगलवार नै दिल्ली गएका थिए। खड्काको उपचारमा संलग्न बरिष्ठ चिकित्सकहरू र प्रवन्ध निर्देशक डा वाजपेयीले उनको अवस्थाअ त्यन्तै गम्भिर रहेको बताएपनि सञ्चारमाध्यम मार्फत वाहिर नल्याउन आग्रह गरेका थिए। 

खड्काको साँढे दुई बर्ष अघी चिकित्सक सन्दिप गुलेरिया सहितको टीमले मृगौला ट्रान्सप्लान्ट अपोलोमै  गरेका थिए। खड्काको उपचारमा मृगौला ट्रान्सप्लान्ट विज्ञ डा सन्दिप गुलेरिया, छातीरोग विज्ञ डा राजेश चावला र मष्तिस्क रोग विशेषज्ञ मुकुल वर्मा नेतृत्वको अनुभवी टीम लागेको थियो। नेता खड्कालाई संकमणको खतरा रहेका कारण आइसियूमा पनि अलग्गै राखेर उपचार भइरहेको थियो। तर अनेक प्रयास अनेक शुभ्च्छाको वावजुद पनि खड्कालाई चिकित्सकहरुले पनि बचाउन सकेनन्। काँग्रेस नेता खड्काप्रति शब्द श्रद्धा। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ