arrow

खड्काको शव ल्याउन ढीलाई हुन सक्ने, श्रद्धाञ्जलीका लागि आइतवार पार्टी कार्यालयमा राखिने

logo
प्रकाशित २०७४ चैत १७ शनिबार
khum-bahadur-khadka.jpg

काठमाडौं। शुक्रवार उपचारका क्रममा नयाँ दिल्लीस्थित अपोलो अस्पतालमा निधन भएका काँग्रेस नेता खुम बहादुर खड्कालाई अन्तिम श्रद्धाञ्जलीका लागि नेपाली काँग्रेस केन्द्रीय कार्यालयमा आइतवार राखिने तयारी भएको छ। 

शनिवार दिल्लीबाट ल्याइने खड्काको शव सोझै सानेपास्थित घर लगिनेछ। विहान १० वजेसम्म सानेपा घरमै श्रद्धाञ्जलीका लागि राखिने खड्काको शबलाई त्यसपछि नेपाली काँग्रेस केन्द्रीय कार्यालयमा दिउँसो १ वजेसम्म राखिने काँग्रेस केन्द्रीय सदस्य शंकर भण्डारीले हाम्राकुरालाई बताए। 

भारतमा उपचारका क्रममा शुक्रवार निधन भएका खड्काको अपोलो अस्पतालमा ३९ दिनदेखि उपचार भइरहेको थियो। खड्काको पार्थिव शरीरलाई नेपाल ल्याउनु अघी अस्पतालको कतिपय प्रक्रिया पुरा गर्न शनिवार दिउँसोसम्मको समय लाग्ने भण्डारीले बताए। अस्पतालको प्रक्रिया सकाएपछि शनिवार नै नेपाल ल्याउने तयारी भइरहेको उनले जानकारी दिए। 

खड्काको शव नेपाल ल्याउन हवाई टिकटको समस्या भने परेको छ। खड्का सहित उनका परिवार दिल्ली छन्। श्रीमती, छोरा, छोरी, छोरी ज्वाई र नाती, सहयोगी दुई जना समेत गरि ७ जनाको टिकट नमिल्दा शनिवार दिउँसो नै खड्काको शवलाई नेपाल ल्याउने तयारी मिल्न सकेको छैन। पर्यटकको नेपाल आउने मौसम भएका कारण भन्ने वित्तिकै टिकट पाउन समस्या परेको बताइएको छ। 

राती नौ बजेको जेट एयरको टिकट पाइएको छ सम्भवत सोहि एयरलाइन्सबाट खड्काको शव सहित उहाँको सपरिवार नेपाल ल्याउने तयारी छ राष्ट्रिय सभाका सदस्य तथा खड्का निकट सहयोगी रमेशजंग रायमाझीले हाम्राकुरालाई जानकारी दिए। दिउँसोको टिकट पाएको अवस्थामा दिउँसै नेपाल ल्याउने तयारीमा पनि आफूहरु रहेको रायमाझीले बताए। 

नेपाली काँग्रेसको केन्द्रीय समितिको वैठक चलिरहँदा केन्द्रीय सदस्य खड्काको निधन भएपछि काँग्रेसको वैठक समेत प्रभावित भएको छ। शनिवार वैठक बसि शोक प्रस्ताव पारित गर्दै वैठक पुन बस्ने गरि स्थगित हुन सक्ने काँग्रेस केन्द्रीय कार्यालयका अधिकारीहरुले बताएका छन्। 

पार्टी सभापति शेर बहादुर देउवाको निवास वुढानिलकण्ठमा काँग्रेस नेताहरु जम्मा भएका छन्। पार्टी नेता खड्काको शवलाई नेपाल ल्याउन सहजिकरण गर्ने, नेपाल ल्याएपछि अन्तिम श्रद्धाञ्जली तथा दाहसंस्कारको व्यवस्थापनको लागि सभापति देउवाले पार्टी नेताहरु र कार्यालयका कर्मचारी अतिरिक्त अन्य निकटहरुसँग परामर्श गरिरहेको रायमाझीले बताए। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ