arrow

खड्काको शव शनिवार राती ल्याइने, यस्तो छ तयारी

logo
प्रकाशित २०७४ चैत १७ शनिबार
khum-bahadur.jpg

काठमाडौं। शुक्रवार उपचारका क्रममा नयाँ दिल्लीस्थित अपोलो अस्पतालमा निधन भएका काँग्रेस नेता खुम बहादुर खड्काको शव शनिबार राती ल्याइने भएको छ । खड्काको शव शनिबार राती ९ बजेको जेट एयरको फ्लाईटमा दिल्लीबाट काठमाडौ ल्याइने भएको हो ।  

नेपाली काँग्रेसका केन्द्रिय सदस्य एवं पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले दिएको जानकारी अनुसार नेता खड्काको अन्तिम श्रद्धाञ्जलीका लागि आइतवार नेपाली काँग्रेस केन्द्रीय कार्यालयमा  ९ बजेबाट १ बजेसम्म  राखिने तयारी भएको छ ।

आइतवारनै ११ बजे केन्द्रीय समितिको बैठकले श्रद्धाञ्जली एवं  शोक प्रस्ताव गर्नेछ । त्यसपछि उनको अन्तिम संस्कारको लागि अपरान्ह ३ बजे पशुपति आर्यघाट लगिनेछ ।

भारतमा उपचारका क्रममा शुक्रवार निधन भएका खड्काको अपोलो अस्पतालमा ३९ दिनदेखि उपचार भइरहेको थियो। खड्काको पार्थिव शरीरलाई नेपाल ल्याउनु अघी अस्पतालको कतिपय प्रक्रिया पुरा गर्न शनिवार दिउँसोसम्मको समय लाग्नेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ