arrow

पाँचथरमा एकपछि अर्को बलात्कार : असईपछि बाहिरियो वडा सदस्यको कर्तुत

logo
जितेन्द्र भण्डारी,
प्रकाशित २०७४ चैत १७ शनिबार
Child-rape.jpg.jpeg

पाँचथर । पाँचथरको फालेलुङ गाउँपालिका–६, का वडा सदस्य कमल गुरुङले एक महिलालाई जबरजस्ती करणी गरेका रहस्य सार्वजनिक भएको छ ।

पीडित महिलाले गुरुङले आफूलाई जबरजस्ती करणी गरी गर्भवति बनाएको उजुरी दिएपछि गुरुङलाई प्रहरीले शनिबार पक्राउ गरेको छ ।

पक्राउ गरिएका गुरुङ उपर जबरजस्ती करणी मुद्धा अन्तर्गत म्याद थप गरि अनुसन्धान थालिएको पाँचथर प्रहरी प्रवक्ता प्रहरी निरिक्षक बिज्ञान बस्नेतले बताए ।

जिल्लाको फाल्गुनन्द–१, नवमीडाँडामा प्रहरी असईले करणी गरी एक बालिकालाई गर्भवति बनाएको घटना सेलाउँन नपाउँदै वडा सदस्यबाटै जबरजस्ती करणी भएको अर्को घटना सार्बजनिक भएको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ