arrow

निर्वाचन क्षेत्र पुगेकी खानेपानी मन्त्री बिनालाई स्वागत,सम्मान र बधाई

पुनर्वासमा विद्युत काउन्टर उद्घाटन

logo
दीपेन्द्र बस्नेत,
प्रकाशित २०७४ चैत १७ शनिबार
bina_(2).jpg

पुनर्वास ,कञ्चनपुर । पश्चिम नेपालको कञ्चनपुर पुगेकी खानेपानी तथा सरसफाई मन्त्री बिना मगरले पुनर्वासमा विद्युतको महशुल काउन्टरको शनिबार उद्घाटन गरेकी छिन् ।

नेपाल सरकारको पछिल्लो बिस्थारित मन्त्री मण्डलमा खानेपानी तथा सरसफाई मन्त्रालयको जिम्मेवारी पाएकी प्रचण्ड बुहारी बिना आफुले चुनाव जितेको निर्वाचन क्षेत्रमा मन्त्री बनेपछि  पहिलो पटक पुगेकी हुन ।

मन्त्री बिनाले शनिबार कञ्चनपुरको दक्षिणी क्षेत्र स्थित पुनर्वासमा नेपाल विद्युत प्राधिकरणको महशुल काउन्टरको उद्घाटन गरेकी हुन । ठूलो क्षेत्रफल भएको यस निर्वाचन क्षेत्रमा बेलौरीमा मात्रै महशुल बुझ्ने काउन्टर हुँदा पुनर्वास क्षेत्रका बासिन्दाले सास्ती खेप्दै आएका थिए ।  

गत मंसिर २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा अत्यधिक बहुमतले बिजयी भएकी साँसद बिना मन्त्री बनेर पहिलो पटक आफ्नो निर्वाचन क्षेत्रमा आउँदा स्थानिय पार्टी नेता,कार्यकर्ता र जनताहरुबाट भव्य स्वागत पाएकी छिन् ।

मन्त्री बने यता पहिलो पटक निर्वाचन क्षेत्र पुगेकी बिनाले पुनर्वासमा भव्य स्वागत,सम्मान र बधाई थापेकी थिइन् । मन्त्री बिनालाई आइबिआरडी बजार स्थित सहिद गेटमा स्वागत गरिएको थियो । शनिबार नै पुनर्वास उद्योग बाणिज्य संघले मन्त्री बिना,राष्ट्रिय सभा सदस्य इन्दु कडरिया र प्रदेश सभा सदस्य तारालामा तामाङलाई स्वागत तथा बधाई कार्यक्रमको आयोजना गरेको थियो ।

यसरीनै मन्त्री मगरले पुनर्वास उच्च माविले  आयोजना गरेको  कार्यक्रममा स्वागत तथा बधाई थाप्न भ्याएकी थिइन । निर्वाचन क्षेत्रको दौडाहामा रहेकी मन्त्री बिना भोलि आइतबार बेलौरी नगरपालिका द्वारा आयोजित लगायतका कार्यक्रममा सरिक हुने कार्यक्रम रहेको माओवादी केन्द्रका कञ्चनपुर संयोजक बिरबहादुर थापाले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ