arrow

नेपालको पत्रकारितामा पर्यावरणको मुद्दा अपरिहार्य

logo
प्रकाशित २०७४ चैत १७ शनिबार
nabin_khadka.JPG

काठमाडौं । बढ्दो जलवायु परिवर्तनलाई मध्यनजर गर्दै नेपालमा पनि अब आमसञ्चारमाध्यमले पर्यावरणको मुद्दालाई सशक्त ढंगले उठाउन गर्नु पर्ने भएको छ ।

शानिबार काठमाडौंमा आयोजित एक अन्तरक्रिया कार्यक्रममा नेपाली पत्रकारिताका लागि पर्यावरणको मुद्दा अपरिहार्य भएकोमा जोड दिइएको हो ।

आभास मिडिया सोलुसनले गरेको कार्यक्रममा बीबीसी विश्व सेवाका संवाददाता नविन सिंह खड्काले पत्रकारिताका विद्यार्थी, पत्रकार र नेपाली सेनाका प्रतिनिधिहरुलाई पर्यावरणबारे अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले गरिरहेको अभ्यासबारे जानकारी दिए ।

उनले आफ्नो २५ वर्षको अनुभव समेत सुनाए । छलफलकै विषय नै नेपालको पत्रकारिताले पर्यावरणको मुद्दा कसरी उठान गर्न सक्छ भन्ने थियो । जलवायु परिवर्तको मुद्दा एक अन्तर्राष्ट्रिय बहस बनिसकेको र यो समसामयिकतालाई नेपाली पत्रकारिता जगतले चाँडै पक्डिनु पर्नेमा सहजकर्ता खड्काले जोड दिए ।

नेपालमा पछिल्लो समय राजनीतिक व्यवस्थाको मुद्दाले प्राथमिकता पाइरहेको छ । राजनीतिक व्यवस्था परिवर्तन भई सबैको ध्यान सम्वृद्धिकोतर्फ उन्मुख भएकाले विकासका हरेक मुद्दासँग पर्यावरण जोड्न सकिनेमा जोड दिइएको छ ।

कार्यक्रममा सहजिकरण गरेका खड्काले जलवायु परिवर्तनबारे थुप्रै अध्ययन गरेका छन् भने, उनले लेखेका दुई पुस्तकले पुरस्कार पाएका छन् । कार्यक्रमको संयोजन गरेको विनय देशारले पर्यावरणबारे नेपाली पत्रकारितामा अब सँधै छलफल र विषय उठान हुनु पर्ने बताएका छन् ।

उनले भने, ‘पर्यावरणको अबको चुनौती खेप्ने नयाँ पुस्ता नै हो । त्यसैले हामीले नयाँ पुस्ताका पत्रकारहरुबीच छलफलको आरम्भ गरेका हौँ । अब पर्यावरण, त्यसमा पनि जलवायु परिवर्तन सबै सञ्चारमाध्यमको प्राथमिकतामा पर्नु पर्दछ ।’ 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ