arrow

काँग्रेस नेता खुम बहादुर खड्काको शब काठमाडौं ल्याइयो, आइतवार विहान कफिन खोलिने

logo
प्रकाशित २०७४ चैत १७ शनिबार
khum-bahadur.jpg

काठमाडौं। शुक्रवार उपचारका क्रममा नयाँ दिल्लीस्थित अपोलो अस्पतालमा निधन भएका काँग्रेस नेता खुम बहादुर खड्काको शव शनिबार राती काठमाडौंमा ल्याइएको छ।

खड्काको शव शनिबार राती ९ बजेको जेट एयरको फ्लाईटमा दिल्लीबाट काठमाडौ ल्याइएको हो । एयरपोर्टबाट राती करिव ११ वजे कफिनमा राखिएको उनको शब वाहिर निकालिएको थियो। 

नेपाली काँग्रेसका नेता तथा खड्का निकट रहेका राष्ट्रिय सभाका सदस्य रमेशजंग रायमाझीले दिएको जानकारी अनुसार खड्काका श्रीमती छोरी सहितका पारिवारिक सदस्य र सहयोगीहरु पनि काठमाडौं उत्रिएका छन्।

एयरपोर्टमा पुगेका शुभेच्छुकहरु कफिनमा राखिएको शब सहित खड्काको सानेपा निवास गएका छन्। कफिनमा रहेको शब भने आइतवार विहान मात्र वाहिर निकालिने रायमाझीले बताए। 

काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले नेता खड्काको अन्तिम श्रद्धाञ्जलीका लागि आइतवार नेपाली काँग्रेस केन्द्रीय कार्यालयमा ९ बजेबाट १ बजेसम्म राखिने तयारी भएको बताएका छन्।

आइतवारनै ११ बजे केन्द्रीय समितिको बैठकले श्रद्धाञ्जली एवं शोक प्रस्ताव पारित गर्नेछ। त्यसपछि उनको अन्तिम संस्कारको लागि अपरान्ह ३ बजे पशुपति आर्यघाट लगिनेछ।

भारतमा उपचारका क्रममा शुक्रवार निधन भएका खड्काको अपोलो अस्पतालमा ३९ दिनदेखि उपचार भइरहेको थियो। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ