arrow

देह त्यागको १५ दिनपछि वैज्ञानिक स्टेफन हकिङको अन्त्येष्टि

logo
प्रकाशित २०७४ चैत १८ आइतबार
stephen_hawking.jpg

क्याम्ब्रीज । देह त्याग गरेको १५ दिनपछि चर्चित वैज्ञानिक प्रा स्टेफन हकिङको शनिबार अत्येष्टि गरिएको छ । 

बेलायतको क्याम्ब्रीज विश्वविद्यालय नजिकै रहेको चर्चमा उनलाई अन्तिम श्रद्धान्जलि दिएर अन्त्येष्टि गरिएको हो । उनले त्यस विश्वविद्यालयमा झण्डै आधा दशक महत्वपूर्ण सेवा गरेका थिए । 

निजी रुपमा गरिएको उनको अन्त्येष्टि समारोहमा उनका पारिवारिक सदस्य, साथी र समकक्षी गरी झण्डै पाँच सय जना सहभागी भएका थिए । 

उनका छोराछोरीहरु लक्की, रोबर्ट र टिमले निकालेको वक्तव्यमा उनीप्रति श्रद्धान्जलि व्यक्त गरेका सबैलाई कृतज्ञता प्रकट गरिएको छ । 

गत मार्च १४ का दिन उनको निधन भएपनि झण्डै दुई हप्तापछि उनको शनिबार अन्त्येष्टि गरिएको बेलायती सञ्चार माध्यमहरुले जनाएका छन् ।

 १९४२ जनवरी ८ मा जन्मिएका चर्चित वैज्ञानिक एवं भौतिकशास्त्री हकिङको ७६ वर्षको उमेरमा निधन भएको हो । 

१९६३ देखि मोटर न्युरोन नामक रोगबाट पीडित भएपछि उनलाई चिकित्सकहरुले दुई वर्ष मात्रै बाँच्ने बताएका थिए । 

शारीरिक अवस्था एकदम कमजोर भए पनि उनको विचारले विश्वलाई नयाँ बाटो देखाउन सफल भएको भन्दै उनलाई विश्वभरी नै उच्च सम्मानका साथ स्मरण गर्ने गरिन्छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ