arrow

विश्वमा अझै ४९ तानाशाह : को कस्ता ?  

के भन्छ ?-'फ्रिडम हाउसकाे रिपाेर्ट'

logo
प्रकाशित २०७४ चैत १८ आइतबार
kim1.JPG

काठमाडौं । यो ग्रहमा अझै पनि ४९ तानाशाह शासक यस्ता छन् जो अपराधबाटै सत्तामा पुगे, निर्दोश बच्चालाई ग्यास च्याम्बरमा पारे र राजनीतिक प्रतिद्वन्द्वीको मासु समेत खाएको रिपोर्ट सार्वजनिक भएको छ । 

फ्रिडम हाउसले निकालेको वार्षिक प्रतिवेदन अनुसार, हाल विश्वभर ४९ जना तानशाह वा अधिनायकवादी शासनका राष्ट्र प्रमुख छन् । 

फ्रिडम हाउसको तानाशाह वरियताको शीर्ष स्थानमा सिरियाका बशर अल असद छन् । असदमाथि, रासायनिक हतियार प्रयोग, याताना र नागरिकमाथि बम हान्ने गरेको आरोप छ । उनले मुलुका हरेक क्षेत्रमा स्वतन्त्रता कुण्ठित गरेका छन् । विपक्षीलाई मार्ने, यातना दिने, जेल हाल्ने काम नियमित रुपमा दिने गरेको आरोप उनीमाथि छ । सिरियामा ६ वर्षदेखि जारी गृह युद्धका क्रममा ४ लाख भन्दा बढीको ज्यान गइसेको छ । 

उत्तर कोरियाली नेता किम जोङ उन, असद भन्दा त्यति पछाडी छैनन् । तानाशाहरु धेरै जसो अफ्रिकामा रहेको प्रतिवेदनको दावी छ । अफ्रिकाका इक्वाटोरियल गयाना, स्वाजील्याण्ड र कंगोमा लामो समयदेखि तानाशाही सत्ता चलिरहेको रिपोर्टमा उल्लेख छ । 

इक्वाटोरियल गयानाका शासक टिओडोरो ओबिआङमाथि विपक्षीको जिउँदै छाला काड्ने र अण्डकोष निकालिदिने गरेको विपक्षी दलहरुको आरोप छ। उनीमाथि विपक्षीको मासु खाने, आफुलाई देशको भगवान घोषणा, राज्यस्तरबाटै अपहण र बेपत्ता पार्ने सहित यातना र हत्याको आरोप लाग्ने गरेको छ । 
  

 

दक्षिणपूर्व एशियामा म्यानमारका पूर्व सैनिक शासक जनरल मिन आउङ ल्हाइङमाथि करीब ४३ हजार रोहिंज्याको हत्या गरेको आरोप छ । मुलुकको पश्चिम ग्रामिण बस्तीका हजारौं अल्पसंख्यक रोहिंज्याको बस्ती सेनाले ध्वस्त पारेको र उनीहरुलाई विदेश पलायन हुन बाध्य पारिएको छ । कयौं रोहिन्जा नेपाल पनि आएका छन् । जनरल ल्हाइङमाथि राजनीतिक बन्धक, मानव वेचबिखन र सैन्य बलात्कार लगायतको आरोप छ ।  स्वाजील्याण्डका शासक राजा स्वाती तेश्रोमाथि पनि हज्जारौंको हत्या र यातना, भ्रष्टाचार, मिडियामाथि दमन लगायत आरोप छ । इरान र इरिट्रियाका शासकले पनि जनतामाथि अत्याचार गर्ने गरेको फ्रिडम हाउसको रिपोर्टमा उल्लेख छ । 

मध्य एशियाका तुर्कमिनिस्तान, उज्बेकिस्तान र काजकस्तानका नेताहरु पनि ४९ तानाशाहको सूचीमा परेका छन् । केही वर्षअघि उज्वेक तानाशाह इस्लाम कारिभमोभमाथि विपक्षीलाई जिउँदै उमाल्ने गरेको आरोप लागेको थियो । उनको मृत्यु भइसकेको छ । 

किम जोङ उन २६ वर्षको उमेरमा उत्तर कोरियाको तेश्रो सर्वोच्च नेता बने। आफ्नो शासन सत्तामा दख्खल पार्न खोजेको आशंका लागेपछि उनले थुप्रै अधिकारीलाई फाँसी दिएको आरोप उनीमाथि छ । चुरोटका अम्मली,  युरोपेली चीज र बोर्डेक्सको रेड वाइनका पारखी मानिने किमले आफ्नो वेवास्ता गर्ने आफ्ना हज्जारौं नागरिकको हत्या गर्ने गरेको आरोप पनि लाग्ने गरेको छ । उनीमाथि राजनीतिक बन्दीलाई यातना दिने, भोक भोक पार्ने, मर्ने गरी काम लगाउने र बलात्कार गराउने गरेको आरोप समेत लाग्ने गरेको छ । 

गएको १८ वर्षदेखि कुनै न कुनै रुपमा रसियाको सत्तामा हावी रहेका भ्लादिमिर पुटिनमाथि पछिल्लोपट बेलायतमा पूर्व जासुस सेर्गेइ स्क्रिपल र उनकी छोरीलाई विख हालेर मार्न खोजेको आरोप छ । उनले क्राइमिया, युक्रेन र जोर्जियाका केही भूमाग कब्जा गरेको र सिरियाली तानाशाह बसर अल असदको शासन थेगिरहेको आरोप छ । आफ्ना विपक्षीलाई जेल हाल्ने र बिजुलीको झड्दा दिने गरेको आरोप पनि पुटिनमाथि छ । 

 

निश्चित कार्यकाल सत्तामा बस्न पाउने नियम तोडिदिएर अब आजीवन चीनको नेता बन्ने पाउने बैधानिकता पाएका सी जिनपिङले विश्वका सबभन्दा शक्तिशाली तानाशाह बन्ने कोर्ष पुरा गरेको रिपोर्टमा उल्लेख छ । उनलाई, सत्ता र शक्तिको बलमा आफ्नो बाटोमा तगारो बन्न आउनेलाई यातना दिने वा मारिदिन सक्ने विश्वका अरु ४८ शासकको सूचीमा राखिएको छ । 
रसियाका भ्लादिमिर पुटिन र चीनका सी जिनपिङलाई संसार सबभन्दा शक्तिशाली मुलुकमध्येका शासक मानिन्छ । उनीहरु दुबैमाथि विपक्षी र आलोचकलाई नियमित रुपमा सिध्याउने, याताना दिने र जेल कोच्ने आरोप लगाइएको छ

मौरितानियाका नेता मोहम्मद अब्देल अजिज र कंगोका राष्ट्रपति जोसेफ कबिला पनि तानाशाहको सूचीमा छन् । त्यस्तै उज्बेकिस्तानका राष्ट्रपति शाभकत मिर्जियोएभ र तुर्कमिनिस्तानका राष्ट्रपति गुर्बाङ्गुली बेर्दिमुहमेदोउसहित क्यामरुनका पल बिया र चाडका इद्रिस देवीले पनि तानाशाही शासन चलाइरेको फ्रिडम हाउसको रिपोर्टमा उल्लेख छ । तानाशाहको सूचीमा, ल्याटिन अमेरिकी क्षेत्रमा काजकस्तानका राष्ट्रपति नुरसुल्तान नजरबाएभ, भेनेजुएलाका निकोलस मादुरो सहित ओमनका सुल्तान काबूज र यमनका राष्ट्रपति अब्द्राबुह् मान्सुर हादी पनि अटाएका छन् । फ्रिडम हाउसको तानाशाह रिपोर्टमा अमेरिका र युरोपका शासन भने परेका छैनन् । -एजेन्सी   



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ