arrow

चिनियाँ राजदुतले गरिन् भारतीय सिमा नजिकका मुसहर बस्तीको अनुगमन

logo
प्रकाशित २०७४ चैत १८ आइतबार
china-ambasdor.JPG

इनरुवा। गत साउनमा अविरल वर्षासगैँ आएको बाढीले तराईका जिल्लामा बसोबास गर्नेलाई घरबार विहनि मात्रै बनाएन, धेरैको ज्यान समेत लियो । अहिले ९ महिना चल्दैछ तर अहिले पनि बाढीपिडितले खेपेको पीडा अहिले सम्म मेटिएको छैन । बाढीबाट पिडित भएका घरपरिवारहरुलाई अझैँपनि लत्ताकपडा, खाध्यन्न, र बसोबासको अभाव छ।

बाढीले गर्दा तराईमा बसोबास गर्ने विषेशगरी दलित, गरिब, एकल महिला तथा ज्येष्ठ नागरिकहरुलाई अहिले सम्म सम्स्यै स्मस्या रहेको भोक्राहा नरसिंह स्थानिय मरिक समुदायका शिवन डोमको भनाइ रहेको छ । स्थानिय डोमकाअनुसार बाढीपिडितहरुको नाममा आएको राहत पहुचवलाहरुले मात्र पाएको छ।

त्यस्तै कोशी गाउँपालिकाका बाढीपिडितहरुका लागि गणतन्त्र चीनको सहयोगमा बाढी पिडित सहयोग कार्यक्रम अन्तरगर्त कोशीमा सन्तोषजनक रुपमा चीनियाँ सरकारले वितरण गरेको रहात वितरण भएको छ । बाढी पिडितहरुका लागि गणतन्त्र चीनको सहयोगमा बाढी पिडित सहयोग कार्यक्रम अन्तर्गत एक घर बराबर ऊनी पछ्यौरा २ थान, उनी कम्बल २ थान, बिर्को सहितको प्लाष्टिकको बाल्टी र मग एक एक थान, भाँडाकुडाँ अल्मुनियमका भाँडा ३ थान, खाना खाने प्लेट ३ थान, कप २ थान, डाडु र प्न्यु एक एक थान, किटानु प्रतिरोधि एवम् टिकाउ झुल २ थान, धुवाँरहित खाना पकाउने स्टोभ एक थान, फिल्टर एक थान, स्वच्छता सामग्रीहरु दुई महिनालाई पुग्ने समानहरु वितरण गरेका थिए।

वितरण गरिएको समग्रीहरु कतिको सदुपयोग भए नभएको चेक जाँच गर्न शनिबार चीनको राजदुत यु हाङ्गले भोक्राहा नरसिंह वडा नं. ४ र कोशी गाउँपालिका वडा नं. १ लौकहीको मुसहर बस्तीमा अनुगमन गरिएको छ। सो चीनियाँ राजदुत यु हाङ्ग जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी निरिक्षक शेषराज थान्दार र शसस्त्र प्रहरी बल लौकहीका इन्चार्ज राजेश श्रेष्ठ, कोशी गाउँपालिका वडा नं. १ का वडाध्यक्ष राजु साह, भोक्राहा नरसिंह गाउँपालिका वडा नं. ४ का वडाध्यक्ष हारुण अंसारी लगायतको सहभागीता रहेको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ