arrow

सभामुख महराद्वारा खड्कालाई श्रद्धाञ्जली

logo
प्रकाशित २०७४ चैत १८ आइतबार
khadka1.jpg

काठमाडौं ।  प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महराले नेपाली कांग्रेसका नेता खुमबहादुर खड्कालाई श्रद्धाञ्जली व्यक्त गरेका छन् । आइतबार  बिहान ११ बजे सानेपास्थित निवासमा पुगेर खड्काको पार्थिव शरीरमाथि फूलमाला अर्पण गरी सभामुख महराले श्रद्धाञ्जली अर्पण गरेका हुन् ।

महराले खड्काको अन्तिम श्रद्धाञ्जलीका लागि राखिएको शोकपुस्तिकामा पनि हस्ताक्षर गरेका छन् ।  श्रद्धाञ्जलीपछि परिवारजनसँग कुरा गर्दै सभामुख महराले पछिल्लो पटक एक महिनाअघि मात्रै खड्कासँग भेट भएको बताए । केही समययता खड्कासँग नियमित भेटघाट र कुराकानी भएको उल्लेख गर्दै महराले खड्काको निधनले आफूलाई निकै दुःखी बनाएको बताए ।

खड्काकी श्रीमती, छोरी र आफन्तजनलाई सम्हालिन आग्रह गर्दै सभामुख महराले आत्मबल बलियो बनाउनुको विकल्प नभएको बताए  ।  श्रद्धाञ्जली दिन निवास पुगेका कांग्रेस नेताहरु विमलेन्द्र निधि, शशांक कोइराला, शंकर भण्डारीलगायतलाई पार्टीका तर्फबाट परिवारजनलाई विशेष सहयोग गर्न र ख्याल पुर्‍याउन आग्रहसमेत गरेका थिए ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ