arrow

रामेछापको ठोसेमा बस दुर्घटना : एकको मृत्यु, ११ घाइते

logo
वद्री नयाँघरे,
प्रकाशित २०७४ चैत १८ आइतबार

रामेछाप ।  जिल्लाको गोकुलगंगा गाउँपालिका २ ठोसेमा अरनिको सुपर एक्सप्रेस गाडी आइतबार अपराह्न दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् ।

दुर्घटनामा घाइते भएका उमाकुण्ड गाउँपालिका ३ बाम्तीका १८ वर्षिय सुवास गजमेरको स्थानीय स्वास्थ्य संस्थामा उपचारको क्रममा मृत्यु भएको हो । गजमेर एसइई परीक्षा दिएर घर फर्केका थिए ।  घाइते मध्ये ३ जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जानकारी दिएको छ ।

काठमाडौंबाट रामेछाको बाम्ती जाँदै गरेको बा.३ ख २६९५ नम्बर बस ठोसेस्थित दोर्जेको उकालोमा दुर्घटना भएको हो । गाडी उकालो चढ्दै गर्दा टायर पञ्चर भएर सडकमा पल्टिदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक राजकुमार थापाले जानकारी दिए ।

घाइतेहरुलाई उपचारको लागि दोलखाको जिरी अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय रामेछापले जानकारी दिएको छ । दुर्घटना भएका गाडीमा अधिकांश एसइई परीक्षा दिएर घर फर्केका विद्यार्थी रहेको बताइएको छ ।   

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ