arrow

सरकारी विदा कटौतीको निर्णय फिर्ता नलिए आन्दोलन गर्ने विश्वहिन्दु महासंघको चेतावनी

logo
प्रकाशित २०७४ चैत १८ आइतबार
hindu_(2).JPG

काठमाडौं । नेपाल विश्वहिन्दु महासंघले सरकारी विदा कटौतीबारे कडा बिरोध जनाएको छ ।  रिपोर्टर्स क्लब नेपालमा महासंघले आईतबार पत्रकार सम्मेलन गरेर सनातनी हिन्दु विदाहरु कटौती गरेको भन्दै सरकारलाई विदा कायम राख्न सुझाव दिएको छ । महासंघका संस्थापक अध्यक्ष डा.केदारनाथ दाहालले पाँच हजार वर्ष पहिलेदेखि चल्दै आएको सनातन हिन्दु धर्ममाथि प्रहार भएको गुनासो पोखे ।

उनले भने,‘कुनैपनि देश धर्मसापेक्ष हुन सक्दैन, हाम्रो देशलाई धर्मनिरपेक्ष घोषणा गरेर ८४ प्रतिशत हिन्दुहरुको मर्म र भावनामाथि खेलवाड गरिएको छ, यो हामीलाई स्विकार्य छैन्, जबसम्म सरकारले कटौती गरेका विदाहरु यथास्थितिमा कायम गर्दैन, र सनातन हिन्दुराज्य कायम गर्दैन तसम्म हाम्रो आन्दोलन जारी रहन्छ।’

उनले अघि थपे,‘तीन नम्बर प्रदेशकी उप–सभामुख राधिका तामाङले गाई काटेर खान पाउनुपर्ने बोलेकी छिन्, यो राष्ट्रिय जनावरमाथि यत्रो अपमानपूर्ण अभिव्यक्ति दिनु जायज छैन्, तत्काल उनले यो वचन फिर्ता लिएर नेपाली दाजुभाईबीचको सम्बन्ध सुमधुर बनाउनमा साथ दिनेछन भन्ने मैले आशा लिएको छु, बरु विकासमा समृद्धिमा लाग्नको लागि आग्रह गर्दछु ।’

अध्यक्ष दाहालले भने,‘सरकारलाई वर्षमा १२ दिन बिदा काटेर केही प्रगति गर्नेवाला छैन्, तीन वटा तह र कर्मचारी जनप्रतिनिधिहरु बोल्छन् काम गर्दैनन्, अनि समृद्धिको शीर्षकमा यस्तो परम्परासँग जोडिएका विदा काटेर सरकारले के गर्न खोज्दैछ ? मुलुकको पहिचान भनेकै धर्म–संस्कृति हो, प्रजातन्त्र दिवस्, लोकतन्त्र दिवस, पृथ्वी जयन्ती लगायतका विदाहरु कटौती गर्नुलाई सामान्य रुपमा लिन सकिदैन ।’
सरकारले हिन्दु, जैन, सिश, बौद्ध धर्मका विदा काटेपनि क्रिश्चियनका बिदा नकाट्नुले फरक सन्देश दिएको बताउँदै उनले भने,‘जसका बिरुद्धमा हामी उभिएका छौं, राति सुत्दा हिन्दु राज्यमा थियौं, भोलि बिहान उठ्दा धर्मरिपेक्ष राष्ट्रका नागरिक कसरी भयौं ? यो अच्चम्मको कुरा छ ।’

त्यस्तै वरिष्ठ उपाध्यक्ष विजय निषादले सरकारी विदा कटौतीका बारेमा सरकारले अयोग्यता प्रकट गरेको टिप्पणी गरेका छन् । उनले भने,‘नेपालको अर्थतन्त्र र विकासको नाममा विदा कटौती गरेको छ, यसरी हेर्दा चीन, हंकङममा सरकारी विदाका दिनहरु बढेका छन्, त्यहाँको आर्थिक वृद्धिदर बढेको छ, चीनमा २३ प्रतिशत बढेको छ, यो २००३ को कुरा हो, त्यस्तै हङकङमा ०.५ प्रतिशत आर्थिक वृद्धि भएको छ, हाम्रो सरकारले काम नगर्ने विदा कटौती गरेर प्रचारवाजी गर्ने काम गरेको छ बरु सरकारी विदालाई वैज्ञानिक बनाउनु आजको आवश्यकता हो ।’

कार्यक्रममा महासंघका सह–अध्यक्ष शंकर पौडेल, दयाराम पाण्डे, पर्यटन बोर्ड कलकता दिनेश सिंह नेपाल, जेष्ठ नागरिक नेपालका चिरञ्जीवी कंडेल, महासंघका प्रदेश नम्बर ३ काा दन बहादुर विश्वकर्मा लगायतले हिन्दुराष्ट्र कायम गर्न र सामाजिक सद्भाव कायम राख्नको लागि सबैमा आग्रह गरेका छन् ।  

महासंघका महासचिव रामनाथ मैनालीले कार्यक्रम सञ्चालनका साथै कार्यक्रमका बारेमा प्रकाश पारेका थिए ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ