पत्रकार मल्ल र विष्ट निर्दोष सावित, अदालतद्धारा सफाई
रमित बिक
प्रकाशित २०७४ चैत १९ सोमबार
609
Shares
बाजुरा । नेपाल प्रेस युनियन बाजुराका सभापति एबं ईमेज च्यानल बाजुरा संबाददाता रेडियो पौरखीका कोल्टी ब्युरो प्रमुख छक्कबहादुर मल्ल लगायत २ जनाले आईतवार जिल्ला अदालत बाजृुराबाट सफाई पाएका छन्।
जबरजस्ति करणीको आरोपमा फसाईएका पत्रकार मल्ल र बुढीनन्दा नगरपालिकाका सामाजिक परिचालक पदमबहादुर विष्टलाई जिल्ला न्यायधिश पुष्पराज थपलियाको एकल ईजलासले फैसला गरेको हो ।
जवरजस्ति करणीमा माग दाबी नपुगेको मल्ल र विष्ट दुबैलाई सफाई दिएको दिएको जिल्ला अदालत बाजुराका श्रेष्तेदार अधिकृत रवि न्यौपानेले जानकारी र्दिए ।
यस्तै छक्क मल्लले आफु बाटोमा हिडिरहेको बेला सांघातिक आक्रमण गरी ज्यान मार्ने उद्देश्यले कुटपिट गरेको भनि पुर रावतको नाममा दिएको ज्यान मार्ने उद्योग मुलुकी ऐन १ र १५ अनुसार कुटपिटमा परिणत भएको घटनाको पनि फैसला भएको अधिकृत न्यौपानेले जानकारी गराए ।
गत असरामा पत्रकार मल्ल संगठनको बैठक सकाएर घर तिर फर्कने बेला पत्रकार भएकै कारण उनी माथि सांघातिक आक्रमण भएको थियो भने बिष्टलाई राजनीतिक आस्थाका कारण कुटपिट गरी उल्टै मुद्धा लगाएको दाबी गर्दै आएका थिए ।
यस सन्दर्भमा नेपाल पत्रकार महांसंघको केन्द्रीय प्रतिनीधि टोलीले वास्तविकता बुुझेर प्रतिवेदन पेश गरेको थियो भने अन्तर्राष्ट्रिय पत्रकार महासंघ र नेपाल प्रेस युनियनको गम्भिर ध्यानकर्षण भएको विज्ञप्तिमा भनिएको छ ।
फैसलापछि पत्रकार मल्ल र विष्टले भने आफु निर्दाष भएकै कारण न्यायलयबाट न्याय पाएको प्रतिक्रिया दिएका छन् ।
फैसलाको पूर्ण पाठ भने आउँन बाँकी रहेको छ । छक्क मल्लको तर्फबाट अधिवक्ता कविराज पण्डित र हर्क खडायतले बहस गरेका थिए भने नेपाल सरकारको तर्फबाट सरकारी वकिल फटिकराज शर्मा मुडभरीले बहस गरेका थिए ।