arrow

 पत्रकार रविन थपलिया र कौरब खत्री पुरस्कृत

logo
प्रकाशित २०७४ चैत १९ सोमबार
thapaliya-khatri.jpg

काठमाडौं । दुई पत्रकारहरु रविन थपलिया र कौरब खत्री सम्मानित भएका छन् । दुवै जनालाई रिपोटर्स क्लव नेपालले क्लवको २० औं वार्षिकोत्सवका अवसरमा प्रधानमन्त्री केपी शर्मा ओली सम्मानित गरे । 

काठमाडौंमा रहेर पत्रकारिता गरिरहेका थपलिया सगरमाथा पोष्ट डट कमका प्रकाशक सम्पादक हुन् । थपलिया काठमाडौं खवर साप्ताहिकका सम्पादकसंगै अग्निबान पाक्षिकका प्रकाशक सम्पादक हुन् । 

त्यसैगरी पत्रकार खत्री राष्ट्रिय समाचार समिति रासस गुल्मी जिल्ला सम्वाददाता हुन् । 

दुवै जना फरक शारीरिक क्षमताका भए पनि मूलधारको पत्रकारितामा खारिएका छन् । 

शारिरिक रूपमा फरक क्षमता भए पनि उनीहरु मानसिक रूपमा सक्षम र सशक्त छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ