arrow

एमाले नजरमा पार्टी एकतामा वाधक को हुन माओवादी नेता ?

logo
प्रकाशित २०७४ चैत १९ सोमबार
kp-prachanda-sign-party-unification.jpg

काठमाडौं। नेकपा एमाले र माओवादी केन्द्रबीचको एकता वार्तामा चुनाव चिन्ह र जनयुद्ध शब्द पेचिलो मुद्धा भएर आएको छ। खासगरि नेकपा एमालेका नेताहरु यि बिषयहरुमा माओवादी केन्द्रका केहि नेताहरुलाई आरोपित गर्न लागेका छन्। 

एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रतिनिधि सभा र प्रदेश सभाकै चुनावमा सूर्य चिह्नमा चुनाव लड्ने निर्णयमा पुग्दा समेत अन्तिम समयमा भाड्नेहरु अहिले पनि एकताको कुरा अन्तिम समयमा पुग्नै लाग्दा सक्रिय भएको एमालेका कतिपय नेताहरू बताउन थालेका छन्। 

ओली र दाहालले १३ असोजमा सात बुँदे सहमतिमा हस्ताक्षर गर्दै ‘सूर्य चिह्न’ लिएर चुनाव लड्ने उद्घोष गरे पनि भाँडिएको बताउने एमालेका नेताहरु अहिले पनि सोहि प्रवृतीले नै एकता भाड्न खोजेको बताउँछन्।

दशैको अवसरमा सबै तयारी भएर पनि एउटै चुनाव चिन्हमा लड्ने तयारीमा रहेका दाहाललाई माओवादीकै एउटा पक्षले पछि हट्न वाध्य पारेको थियो। पछि ओलीले धोका दिए के हुने भन्दै सूर्य चिन्हमा चुनाव लड्ने सहमतिबाट दाहाललाई पछाडि पर्कन बाध्य पारिएको एमालेका नेताहरु अहिले पनि सम्झन्छन। 

भइसकेको सहमतिबाट पछाडि फर्काउँदा एमालेसँगको एकता भाँडिन्छ भन्ने मनसायका साथ इमोसनल ब्ल्याकमेलिङ गर्दै दाहाललाई सहमति तोड्न लगाउने काम त्यसवेला जसरी भएको थियो अहिले पनि सोहि प्रवृती हावी भएको छ। पात्र मात्र फेरिएको छ। एमालेका एक नेताले भने त्यतिखेर बर्षमान पुनहरु सक्रिय थिए अहिले जनार्दन शर्माहरु लागिपरेका छन्। 

एमाले र माओवादी केन्द्रबीचको एकता प्रक्रिया लगभग टुंगो लागेको छ । पार्टी स्थापना दिवसको अवसर पारेर आगामी ९ वैशाखमा एकीकरण घोषणा गर्ने निष्कर्षमा दुवै अध्यक्षसहितका सबै नेताहरू पुगेका छन्।

एकता घोषणाका लागि एमाले वरिष्ठ नेता माधवकुमार नेपाल र माओवादी बरिष्ठ नेता रामबहादुर थापाको नेतृत्वमा गठित कार्यदलले आफ्नो काम पूरा गरेको छ । दुवै कार्यदलले राजनीतिक वैचारिक मस्यौदा र विधान मस्यौदा तयार पारी एकता संयोजन समितिलाई बुझाउने गरी तयारी अवस्थामा रहेको छ । दुवै कार्यदलको प्रतिवेदनमा सहमति जुटिसकेको भनिएपनि ‘चुनाव चिह्न सूर्य रहने र प्रस्तावनामा जनयुद्ध राख्ने कि नराख्ने’ भन्नेमा विवाद कायम छ। 

एमाले नेता सुरेन्द्र पाण्डे सबै कुरा संयोजन समितिले नै टुंग्याइसकेको विषय लिपिवद्ध मात्रै गर्ने काम बाँकी रहेको अवस्थामा फेरि विवाद निकाल्नुको कारण नबुझेको बताउँछन्। 

एमालेका नेताहरु दुई पार्टी अध्यक्ष आफै एकताको गम्भीर गृहकार्य गरिरहेको वेला आफ्नो पद सुरक्षित राखिसकेका सहयोगीहरूबाटै आत्मघाती बहसको विष रोप्ने काम भएको बताउँछन्। चुनाव चिह्न र जनयुद्धको विवाद यतिवेला हलाहल विष सरह फैलन थालेको छ । दुवै पार्टीका तल्लो निकायसम्म विवाद पुगेको छ । 

खासगरि एमाले सूर्य नै चुनाव चिन्ह लिएर जानुपर्नेमा देखिन्छ भने माओवादी भित्र नयाँ वहश लिएर जानेहरु सूर्य चिन्हमा सहमत हुन नसक्ने बताइरहेका छन्। उनीहरुको तर्क दुवै पार्टीको अस्तित्व रहनेगरि नयाँ चुनाव  चिन्ह लिएर जानुपर्छ भन्ने रहेको छ। उनीहरुले एमाले र माओवादी दुवैको चिन्हलाई मर्ज गरेर नया बनाउनु पर्ने तर्क गरिरहेका छन्। एमालेका नेताहरुले आरोपित गरेका जनार्दन शर्माहरु चुनाव चिह्न सूर्यभित्र गोलाकार हँसिया हथौडा राख्ने गरी सहमति हुन सक्छ भन्ने वहशलाई पार्टीको तल्लो तहसम्म लगिरहेका छन्। 

माओवादी नेता जनार्दन शर्मा पक्षधरहरू ‘एउटा पार्टीका चुनाव चिह्न मानेर कसरी पार्टी एकता हुन्छ ? दुवै पार्टीको चुनाव चिह्न मिसाउनु पर्छ’ भनिरहेका छन्। एमाले वृत्तमा भने उनको यो तर्कलाई प्रचण्डले मन्त्री नबनाएको झोक देखाएको रूपमा समेत अर्थाइएको छ। 

ओली सरकारमा पार्टीबाट मन्त्री फुत्केसँगै इमोसनल ब्ल्याकमेलिङमा उत्रिएका रुपमा एमाले भित्र शर्माको बारेमा कुरा हुने गरेको छ। जनयुद्ध शब्दमा उनको प्यार पनि त्यहि हो एमालेका नेताहरु उनको प्रवृतीको बारेमा बताउँछन्। 

एमालेतिर पनि जनताको बहुदलीय जनवादको बहसले केही असहज पारे पनि त्यसैको अन्तरबस्तु राखेर नाम नराख्न सहमत भइसकेको अवस्थामा जनयुद्ध विधानको प्रस्तावनामा राखेर चुनाव चिह्न दुवैको मिसमास पार्नुपर्ने शर्माको अभियानलाई एमालेले राम्ररी नियालिरहेको एमाले ति नेताले हाम्राकुरालाई बताए। 

‘सूर्य र गोलाकारभित्रको हँसिया हथौडा दुवै छाडेर मिसमास गर्ने कुरा आत्मघाती हुने बुझाइ छ एमालेका नेता तथा पोलिटब्युरो सदस्य बेदुराम भुसालको पनि।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ