arrow

शताब्दी पुरुष सत्यमोहन जोशीलाई ललितपुर महानगरले सवारीसहित सुरक्षा दिने

logo
प्रकाशित २०७४ चैत १९ सोमबार
satyemohan.JPG

काठमाडौं । शताब्दी पुरुष एवं संस्कृतिविद् सत्यमोहन जोशीलाई ललितपुर महानगरपालिकाले सोमबार विशेष समारोहमार्फत सवारी साधन सहितको सुरक्षा प्रदान गरिने भएको छ । 

ललितपुर महानगरपालिकाले जोशीलाई सोमबार बेलुका एक कार्यक्रमबीच सवारी, इन्धन, चालक तथा नगर सुरक्षाकर्मीको सुविधा दिन लागेको हो । 

चालक र सुरक्षाकर्मीले जोशीलाई आवश्यक सार्वजनिक कार्यक्रममा ल्याउने लैजाने काममा सहयोग पुर्याउने ललितपुर महानगरका प्रवक्ता राजु महर्जनले जानकारी दिए । 

जोशीलाई सार्वजनिक कार्यक्रममा ओहोर–दोहोर गर्न सजिलो होस् भन्ने उद्देश्यले नगर कार्यसमितिको बैठकले यस्तो सुविधा दिने निर्णय गरेको थियो ।  

यसबारे जानकारी दिन आइतबारै महानगर प्रमुख चिरिबाबु महर्जनसहितको टोली जोशीको निवास ललितपुर–१२ बखुम्बहाल पुगेको थियो । 

जोशीका कृति, उहाँले पाएका पुरस्कार, सम्मान सामग्रीलाई छुट्टै संग्रहालय बनाएर सर्वसाधारणले अवलोकन गर्नसक्ने वातावरण बनाउनेबारे पनि पहल भैरहेको महानगर प्रवक्ता राजु महर्जनले जानकारी दिएका छन् । 

महानगरको निर्णयको प्रशंसा गर्दै जोशीले अब सार्वजनिक कार्यक्रममा सहभागी हुन सहज हुने प्रतिक्रिया दिएका छन् । 

विक्रिम संवत १९७७ मा जन्मिएका जोशीलाई सरकारले शताब्दी पुरुष घोषणा गरेको थियो । शताब्दी पुरुष जोशी आउने वैशाख ३० गते ९९ वर्ष पुग्नु हुनेछ ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ