arrow

किम र उनकी पत्नी दक्षिण कोरियाली संगीतमा झुमे 

logo
प्रकाशित २०७४ चैत १९ सोमबार
kim2.JPG

काठमाडौं । उत्तर कोरियाली नेता किम जोन उन खासै हँसिला र मनोरञ्जन गर्ने जस्ता देखिँदैनन् । तर पछिल्लो समय भने खुल्दै गएका छन् । 

किम र उनकी पत्नी दक्षिण कोरियाली सांगीतिक समूहको प्रस्तुतिमा सहभागी भएका छन् । प्योङयाङमा आयोजित दुर्लभ भनिएको यो प्रस्तुतीलाई दुबै देशबीचको सम्बन्ध सुधारको संकेतका रुमा लिइएको छ । 

यसअघि शीतकालीन ओलम्पिकमा उत्तर कोरियाली समूहले दक्षिण कोरियामा प्रदर्शन गरेका थिए । नेता किम दक्षिण कोरियाली सांगीतिक समूहको प्रस्तुति अवलोकन गर्ने पहिलो उत्तर कोरियाली नेता हुन् । 

यसअघि नेता किमले आफ्नो पहिलो विदेश भ्रमणका रुपमा चिनियाँ राष्ट्रपति सी जिनपिङलाई बेइजीङमा भेटेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ