arrow

२०७५ सालको बिदा राजपत्रमा प्रकाशन, कहिले बिदा ?

logo
प्रकाशित २०७४ चैत १९ सोमबार
2075.jpg

काठमाडौं । नेपाल सरकारले २०७५ सालभरको बिदाको सूची राजपत्रमा प्रकाशन गरेको छ। मन्त्रीपरिषदको निर्णयपछि २०७५ सालमा विभिन्न सार्वजनिक बिदा कटौती गर्दै नयाँ विदा सूची सार्वजनिक गरिएको हो । 

सरकारले सम्बन्धित धर्म, संस्कृति, भौगोलिक क्षेत्र र स्थान विशेषका लागि भन्दै १३ दिन बिदा छुट्टाएको छ । 

नयाँ वर्ष, शिवरात्री र फागु पूर्णिमामा देशभर बिदा हुनेछ। सबै महिलाका लागि तीज र जितीया पर्व मनाउने महिलाका लागि असोज १६ गते बिदा हुनेछ। 

दसैँमा यसअघि दिँदै आएको घटस्थापना, द्धादशी र पूर्णिमा हटाएर सप्तमीदेखि एकादशीसम्ममात्र बिदा दिइएको छ । यो बिदा असोज ३० देखि कात्तिक ३ गतेसम्म हुनेछ । तिहार बिदा कात्तिक २१ देखि २३ गतेसम्म हुनेछ । 

दिवस बिदा अन्तर्गत मजदुर दिवस र अन्तर्राष्ट्रिय महिला दिवस (महिलाका लागिमात्र) परेका छन् । 

यसैगरी बुद्ध जयन्तीको दिनपनि देशभरी नै बिदा हुनेछ । काठमाडौं उपत्यकाको लागि चार दिन जात्रा बिदा र शिक्षण संस्थाको लागि वसन्त पञ्चमीमा एक दिन बिदा हुनेछ ।

ल्होसार, क्रिसमस, छठ, माघी लगायत पर्वको दिन राष्ट्रिय बिदाको सट्टा सम्बन्धित समुदाय र भेगमा मात्र बिदा हुनेछ । 

सरकारले हिन्दू धर्माबलम्बीले मनाउने जनै पूर्णिमा, रामनवमी र कृष्णाष्टमीमा सार्वजनिक बिदा दिएको छैन । 

गणतान्त्रिक सरकारले गणत्रन्त्र र लोकतन्त्र दिवस नै काटेको छ । वैशाख ११ को लोकतन्त्र दिवस र जेठ १५ को गणतन्त्र दिवस काटेकामा चर्को विरोध भइरहेको छ । 

त्यसैगरी सहिदहरुकै अबमूल्यन हुने गरी माघ १६ को सहिद दिवस पनि काटिएको छ । 

पुस २७ को राष्ट्रिय एकता दिवस र फागुन ७ गतेको प्रजातन्त्र दिवस पनि काटिएको छ । यी सबैको सट्टा अब असोज ३ गते संविधान दिवस मनाइने छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ