arrow

मिलको पट्टामा बेरिएर एक जनाको मृत्यु

logo
देवानन्द न्यौपाने,
प्रकाशित २०७४ चैत १९ सोमबार
kailali-district.png

लम्की । मिलको पट्टामा वेरीएर कैलालीको लम्कीमा सोमबार एक जनाको मृत्यु भएको छ । टेकबहादुर थापाले लम्कीचुहा नगरपालिका १ लम्कीमा  सञ्चालन गरेको नविन राईस एण्ड फ्लोर मिलमा मिस्त्रीको काम गदै आएका जानकी गाउँपालीका वडा नम्बर ५ अमौरीका दिलबहादुर थारुको मृत्यु भएको इलाका प्रहरी कार्यालय लम्कीले जनाएको छ । 

बिहान धान कुटानी गरीरहेको अवस्थामा मिलको पट्टामा थारुले लगाएको सट बेरिएपछि दृर्घटना भएको हो । मिल सञ्चालक थापाले घटना भएको थाहा पाउँदासाथ उद्दार गरेर नजिकैको सितल मेडिकलमा पुर्याउदा थारुको मृत्यु भैसकेको बताइएको छ । 

अहिले मृतक थारुको पोष्र्टमार्टमका लागि टीकापुर अस्पताल लगिदै छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ