arrow

सहकालका देवता रातो मच्छिन्द्रनाथको रथ बनाइँदै 

logo
प्रकाशित २०७४ चैत १९ सोमबार
rato_m_rath.JPG

ललितपुर । सहकालका देवता रातो मच्छिन्द्रनाथको रथ बनाउने काम सोमबारबाट  सुरु हुँदैछ । देशकै सबैभन्दा लामो रथजात्राको रुपमा रहेको मच्छिन्द्रनाथको रथ ललितपुरको पुल्चोकमा बनाइन लागिएको हो । 

नेवार समुदायका विभिन्न जातजाति एक आपसमा मिलेर काठ र बेटमात्रैले शिखर शैलीको रथ बनाउने  गर्दन् ।

३२ लक्षणयुक्त मच्छिन्द्रनाथ भन्दै ३२ हात अग्लो रथ र यसको अगाडी ३२ हात लामो नाग आकारको काठको घःमा, जसमा भैरबको मुकुट राखिन्छ ।  मच्छिन्द्रनाथको महास्नानसँगै रथ बनाउने प्रक्रिया सुरु हुन्छ ।  

वैशाख कृष्ण प्रतिपदाका दिनमा आइतबार मच्छिन्द्रनाथको महास्नानसँगै हाम्व कि स्वायेगु भन्दै रथका लागि जग हाल्ने काठको पुजा गरिएको थियो । 

हाम्व कि स्वायेगु भनेको पुल्चोकको दमकलस्थित सडकछेउमा बनाउने रथको जगमा प्रयोगहुने ४ वटा काठको पुजा आजा गरेर स्थापना गर्नु  हो ।                                  

रातो मच्छिन्द्रनाथको रथ जात्रामा विभिन्न जातजाति जस्तै पानेजु , नेकु , ब्वसी , घकु, बाराही, ञवालले  रथजात्राका लागि विभिन्न जिम्मेवारी बहन गर्दै आएका छन् । 

उनीहरुलाई कामका आधारमा परापुर्वकालदेखि नै थर दिइएको बाराहीका नाइके दिल कुमार बाराहीेले बताए । 

करिब ३ महिना लामो यो  रथजात्रामा बाम्हण, जोशी, चित्रकार, कुमाले, तुलाधर , शाही , खड्गी लगायतको पनि महत्वपुर्ण भुमिका रहदै आएको छ । 

रातो मच्छिन्द्रनाथलाई भने आजदेखि दशकर्मपुजा गरीने भएकाले कसैलाई पनि दर्शन गर्न दिइँदैन । आउने वैशाख शुक्ल प्रतिपदाका दिन रातो मच्छिन्द्रनाथलाई रथारोहण गराएपछि रथ यात्रा सुरु हुनेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ