बाजुरा । नेपाल प्रेस युनियन बाजुरा शाखा अध्यक्ष एबं ईमेज च्यानल बाजुरा सम्वाददाता रेडियो पौरखीका कोल्टी ब्युरो प्रमुख छक्कवहादुर मल्ल लगायत दुई जनाले आइतवार जिल्ला अदालत बाजृरावाट सफाई पाएका छन्।
जर्वजस्ती करणीको आरोपमा फसाईएका पत्रकार मल्ल र बुढिनन्दा नगरापिाललिकाका सामाजिक परिचालक पदम बहादुर विष्टले आइतवार जिल्ला न्यायधिश पुरष्पराज थपलियाको एकल ईजलासले सफाईको फैसला गरेको हो ।
जर्वजस्ती करणीमा माग दावी नपुगेको मल्ल र विष्ट दवैलाई सफाइ दिएको जिल्ला अदालत बाजुराका श्रेष्तादार अधिकृत रवि न्यौपानेले जानकारी दिए ।