arrow

डीपीएल क्रिकेट : ज्ञानेन्द्रको टोलीको दाेस्राे जित, शक्तिको टोलीको दाेस्राे हार

logo
प्रकाशित २०७४ चैत १९ सोमबार
DPL_3_day.JPG

कैलाली ।  धनगढी प्रिमियर लिग डीपीएल–२ क्रिकेटको तेस्रो दिनको दोस्रो खेलमा काठमाडौं गोल्डेन्स विजयी भएको छ ।

काठमाडौं गोल्डेन्सले रुपन्देही च्यालेन्जर्सलाई ६३ रनले हराएको हो । काठमाडौको यो लगातार दोस्रो जित हो भने, रुपन्देही लगातार दुई खेल हार पुगेको छ । राष्ट्रिय टोलीका उपकप्तान ज्ञानेन्द्र मल्लको टोलीले स्पिन बलर शक्ति गौचनको  टोलीलाई हरायो ।

प्रदेश ७ को संघीय प्रहरी इकाई कार्यालयसँगैको मैदानमा काठमाडौ गोल्डेन्सले दिएको एक सय ८७ रनको चुनौती पछ्याएको रुपन्देही च्यालेन्जर्सले १८ ओभर ४ बलमा जम्मा एक सय २३ रन मात्रै बनाउन सक्यो ।

रुपन्देही च्यालेन्जर्सका लागि प्रदीपसिंह ऐरीले सबै भन्दा बढी ५७ रन बनाए । यस्तै सागर पुनले १८ र दीपक प्रसादले १० रनको योगदान दिए । रुपन्देहीका अरु खेलाडीले दोहोरो अंकमा रन जोड्नै सकेनन् । शक्तिको टोलीका कमजोर पार्न रसिद खान एक्लैले चार र ललित राजबंशीले ३ विकेट लिए । यस्तै,  साहब आलमले २ विकेट लिए ।

टस जितेर पहिले व्याटिङ गरेको काठमाडौं गोल्डेन्सबाट सन्नी पटेलले १९ बलमा ५ चौका र ३ छक्का प्रहार गरी ४८ र नरेश बुढाऐरले १८ बलमा २ चौका र २ छक्का प्रहार गर्दै ३० रनको अविजित पारी खेले ।

सुरुवाती व्याटिङ गरेका अमित श्रेष्ठले ३० र सुबोथ भाटीले ४२ रन बनाए । कप्तान ज्ञानेन्द्र मल्ल २० र भुपेन्द्र थापा १४ रन बनाएर मैदानबाट बाहिरिए  । यी दुई अघिल्लो खेलमा काठमाडौं गोल्डेन्सले टिम चौराह धनगढीलाई हराएको थियो भने रुपन्देही सीवाईसी अत्तरियासँग हार्न पुगेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ