arrow

चैत २२ को एकता भाका बैशाख ९ तिर धकेलियो, यस्तो छ तयारी

logo
प्रकाशित २०७४ चैत १९ सोमबार
uml-maobadi-new.jpg

काठमाडौँ । सम्बन्धित कार्यदलले तयार गरेको प्रतिवेदनमाथि छलफल गर्न नेकपा एमाले र नेकपा माओवादी केन्द्रको पार्टी एकता संयोजन समितिको बैठक मंगलबार बस्ने भएको छ । 

यही फागुन १० गतेको एकता संयोजन समितिले गठन गरेको अन्तरिम विधान तर्जुमा र वैचारिक विषयसँग सम्बन्धित कार्यदलले आफ्नो तर्फबाट प्रतिवेदन तयार गरेकाले त्यसलाई टुङ्गो लगाउन संयोजन समितिको बैठक बस्न लागेको केन्द्रका नेता जनार्दन शर्माले जानकारी दिए ।

एकता संयोजन समितिले निर्णय गरेपछि आगामी वैशाख ९ गतेभित्र एकता घोषणा गर्ने तयारी भएको छ । 

पार्टीको नाम नेकपा कम्युनिष्ट पार्टी र निर्देशक सिद्धान्त माक्र्सवाद लेलिनवाद राख्नेलगायत सातबुँदे प्रारम्भिक आधारमा दुई दलले गत फागुन ७ मा सहमति गरेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ