arrow

भाउजुको निधनमा भावुक भए हरिवंश 

logo
प्रकाशित २०७४ चैत २० मंगलबार
madan-yasoda.jpg

काठमाडौं । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले पत्नी वियोग बेहोरेपछि यतिबेला मनोरञ्जन क्षेत्र भावुक भएको छ । सबैभन्दा बढी भावुक हरिवंश आचार्य भएका छन् । 

महजोडी भएपछि हरिवंश मदनकृष्ण परिवारसंग सबैभन्दा नजिक थिए । आफै पनि पहिले पत्नी वियोग बेहोरेका हरिवंशलाई त्यतिबेला सबैभन्दा बढी ढाढस मदनकृष्णले नै दिएका थिए । 

सामाजिक संजालमा हरिवंशले लेखेका छन्, ‘आदरणिय मदन  दाइको धर्मपत्नी  यसोदा भाउजु हामी माझ रहनुभएन  । भाऊजु प्रति हार्दिक श्रद्दान्जली । हामी सब्बै सधैं झै मदन दाईको साथमा छौं ।’

मदनकृष्ण श्रेष्ठकी पत्नी यशोदा सुवेदीको सोमबार राति १०ः४५ बजे हरिसिद्धिस्थित क्यान्सर अस्पतालमा निधन भएको थियो । 

उनको मंगलबार बिहान ११ बजे पशुपति आर्यघाटमा दाहसंस्कार हुँदैछ । 

कसले के लेखे सामाजिक संजालमा ? 

प्रदीप भट्टराई (निर्देशक शत्रू गते) – हाम्रो आदरणिय मदन कृष्ण दाइको जिवबसाथी यसोदा भाउजु हामी माझ रहनुभएन तर भाउजु हजुरको सम्झना हामी माझ जुगौ जुग रहिरहनेछ भाउजु हजुरको स्वर्गमा बास होस । दाइको चिन्ता नलिनुस है भाउजु दाइलाइ सम्हाल्ने हामी छौं ।

डा रविन्द्र समीर –हार्दिक श्रद्धान्जली तथा समवेदना ! Heartfelt condolences to respected Madan dai, family and MAHA Sanchar. Yasodha bhauju left us peacefully on her journey to Heaven.

सीताराम कट्टेल धुर्मुस –हास्यव्यंग्यका पितामह, धुर्मुस सुन्तली फाउन्डेसनका सल्लाहकार तथा हाम्रा गुरु आदरणीय मदनकृष्ण श्रेष्ठ ज्यू कि धर्मपत्नी तथा एक उत्प्रेरक नारी आदरणीय यसोदा भाउजुप्रती हार्दिक श्रदान्जली । साथै शोकसन्तप्त परिवारप्रति हार्दिक समवेदना ।

अमर न्यौपाने –दुखद् घटना ! आदरणीय मदनकृष्ण दाइकी जीवनसाथी यशोधा भाउजू परलोक जानुभयो । उहाँप्रति हार्दिक श्रद्धाञ्जली ! मदन दाइ र परिवारप्रति हार्दिक समवेदना !

लक्ष्मण गाम्नागे –विख्यात हास्यव्यङ्ग्य कलाकार मदनकृष्ण श्रेष्ठकी जीवनसँगीनी यसोदा सुवेदीको देहान्त भएको समाचारले हामी अत्यन्त दुखी भएका छौँ । स्वर्गीय भाउजूप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गर्दछौँ । सिस्नुपानी नेपाल परिवार ।

दीपा श्री निरौला –आदरणीय भाउजु अब हामी माझ रहनु भएन तर मन र मष्तिक मा रहिरहनुहुन्छ भाउजुको स्वर्गमा बास होस ! हार्दिक श्रन्दांजलि भाउजु ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ