ग्रेटर नेपालले बुझायो प्रधानमन्त्रीको भारत भ्रमण सन्दर्भमा पाँच बुँदे ज्ञापनपत्र
प्रकाशित २०७४ चैत २० मंगलबार
293
Shares
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न भारत भ्रमणको सन्दर्भमा ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले बुधवार बिहान मन्त्री निवास हरिहर भवनमा परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीलाई पाँच बुँदे ज्ञापनपत्र बुझाएको छ ।
मोर्चाका अध्यक्ष फणीन्द्र नेपालको नेतृत्वमा गएको एक प्रतिनिधिमण्डलले उक्त ज्ञापनपत्र बुझाएको हो । ज्ञापनपत्रमा नेपालका विभिन्न जिल्लामा भारतले खोलेका गोर्खा पेन्सन क्याम्पहरु बन्द गरी भारतिय गोर्खा सेनाबाट अवकास प्राप्त पूर्व सैनिकहरुलाई नेपाल राष्ट्र बैंक मार्फत पेन्सन वितरण गर्ने व्यवस्था मिलाइयोस् भन्ने लगाएतका पाँच बुँदा समेटिएको छ ।