arrow

अमेरिकामा ट्रम्पको कार्यशैली मनपराउने ४९ प्रतिशत

logo
प्रकाशित २०७४ चैत २० मंगलबार
dronaldtrumps.jpeg

वासिङ्टन । करिब आधाजति अमेरिकी नागरिकले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यशैली मन पराएका अथवा उनको कार्यसम्पादनको अनुमोदन गरेका छन् ।  अमेरिकी मतदाताहरुमा गरिएको एक सर्वेक्षणा उनीहरुले यस्तो बताएका छन् । अमेरिकाका मतदाताहरुमा हालै मात्र गरिएको एक अनुसन्धानमा उनीहरुले यस्तो बताएका हुन् ।

राष्ट्रपतिको कार्यसम्बन्धी गरिएको रसामुसेन नामक एक अध्ययनको प्रतिवेदनमा यस्तो तथ्यांक आएको छ । उक्त अनुसन्धान प्रतिवेदन अनुसार राष्ट्रपति ट्रम्पको कार्यशैली मनपराउने नागरिक ४९ प्रतिशत रहेका छन् ।

तीमध्ये पनि ३३ प्रतिशतले त राष्ट्रपति ट्रम्पको कार्यशैलीलाई पूर्ण रुपमा समर्थन रहेको बताएका छन् । त्यस्तै अरु ३९ प्रतिशतले उनको कार्यशैलीको कडा रुपमा विरोध गरेका वा कत्तिपनि मन पराएका छैनन् ।
 
सो अनुसन्धान राष्ट्रपति ट्रम्पको दैनिक कार्यशैलीको विषयमा यहाँका एक हजार ५०० मतदातामा गरिएको थियो । तर यसअघि गतहप्ता मात्र पनि सिएनएनले गरेको यस्तै अर्को एक अध्ययनमा भने राष्ट्रपति ट्रम्पको कार्यशैली मन नपराउने व्यक्तिको संख्या ५४ प्रतिशत रहेको बताइएको थियो ।

त्यस अध्ययनमा जम्मा ४२ प्रतिशत मात्र अमेरिकी मतदाताहरुले उनको कार्यशैली मनपराएको बताएका थिए । तर हप्ता दिनमात्र पछि आएको यस प्रतिवेदनमा भने यहाँका आधाजति जनसंख्याले उनको कार्यशैली मन पराएको जनाएका छन् ।
यो अनुसन्धान हालैमात्र तीन दिन लगाएर गरिएको थियो । यस अघिको निर्वाचनमा सहभागी मतदाताहरु नै यस सर्वेक्षणमा सहभागी रहेका अनुसन्धानदाता संस्थाले जनाएको छ ।

अमेरिकी राष्ट्रपतिको कार्यालयबाट पछिल्लो समयमा राष्ट्रपति ट्रम्पका सहयोगी तथा सल्लाहकारहरुको समूह एकपछि अर्को गर्दै बाहिरिएको छ ।

त्यस्तै केही समयमात्र अघि पनि उनले अमेरिकी विदेशमन्त्री रेक्स टिलर्सनलाई बर्खास्त गरेका थिए । यसरी अमेरिकामा पछिल्लो समयमा राष्ट्रपति ट्रम्पको कार्यशैली नै मन नपराएर यस रुपमा कर्मचारीहरुले ह्वाइट हाउस छोडेका बताइएको थियो ।
 
यसै समयमा उनको लोकप्रियता मापन गर्नका लागि उक्त संस्थाले सो अनुसन्धान गरेको अनुमान पनि गरिएको छ । सिन्ह्वा

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ