arrow

'हामी सरकारमा छौं, अब भारतको विरोध गर्दैनौं', ओलीले मोदीसँग भन्छन् : महत

प्रधानमन्त्रीको भ्रमणसँगै बुद्धको जन्मबारे गलत प्रचार हटोस : पोखरेल

logo
प्रकाशित २०७४ चैत २० मंगलबार
Dr._Prakashsharan_.jpg

काठमाडौं। नेपाली कांग्रेसका नेता एवम् पूर्व परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणमा नयाँ सम्झौता नहुने स्पष्ट पारेका छन् । उनले भने,‘प्रधानमन्त्रीको भारत भ्रमण नौलो छैन, विषयवस्तुहरु पनि नौला छैनन्, सबै विषयहरु टेबुलमै छन्।’

मंगलबार रिपोर्टर्स क्लब नेपालले प्रधानमन्त्री ओलीको भारत भ्रमणको पूर्व सन्ध्यामा आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै नेता महतले नेपाल–भारतबीच धेरै आयामहरु भएको स्पष्ट पारे । उनले थपे,‘हामीबीच खुल्ला सिमाना छन्, हामी बिना परिचपयत्र नै आवतजावत गर्छौं।’ नेपालीहरु रोजगारीको सिलसिलामा भारतमा कार्यरत रहेको र धेरै भारतीयहरुपनि नेपालमा कार्यरत रहेको उनको भनाई थियो ।

 उनले नेपालको भारतसँग व्यापार र पारवहन सन्धि सबैभन्दा धेरै रहेको र अधिकांश व्यापार पनि भारतसँगै रहेको जनाए । उनले भने,‘अब हामीले यी सन्धि तथा सम्झौताहरुलाई कार्यान्वयनमा जोड दिनुपर्छ, चाँडोभन्दा चाँडो भएका सम्झौताहरुलाई कार्यान्वयनतर्फ केन्द्रित गर्नुपर्छ।’

डा. महतले प्रधानमन्त्रीको ओलीको भारत भ्रमण सफल होस् भन्ने आफूहरुको शुभकामना रहेको सुनाए । उनले भने,‘हामीले उहाँको भ्रमण सफल होस भनेर चाहेका छौं, अहिले द्धिपक्षीय सम्बन्धमा कुनैपनि गतिरोध छैन्, सबै गतिरोध अन्त्य भैसकेका छन्।’

नेता महतले अघि भने,‘भ्रमणमा प्रधानमन्त्री ओलीले सत्तामा नहुँदा हामीले यस्तो बोलेको हो अब सत्तामा आयौं हामी अब विरुद्धमा बोल्दैनौं भनेर भन्नुहुन्छ होला।’ उनले नेपालले आफ्ना कुराहरु तर्कसंगत रुपमा राख्नुपर्ने सुझाए ।

नेपालले भारतीय र चीनीयाँ दुवै राजनीतिक नेतृत्वसँग आफ्ना कुराहरु तर्कसंगत रुपमा राख्न सक्नुपर्ने महतको भनाई थियो । नेपालमा वर्षेनि हुने डुबानका समस्या समाधान गर्न समझदारी भएकोले अब कार्यान्वयनतर्फ ध्यान दिनुपर्ने महतले बताए ।

नेपाल–भारतबीच हुने व्यापार तथा पारवाहनमा अवरोध र झमेला हुन नहुने उनको धारणा छ । त्यस्तै उनले नेपालको भुकम्पपछिको पूर्ननिर्माणमा सहयोग पुर्याउने उद्देश्यले ऋण तथा अनुदान दिने प्रतिबद्धता जनाएकोले अब त्यो लिने कुरामा नेपाली संयन्त्रले पनि तदारुकताका साथ आफ्नो भूमिका निर्वाह गर्नुपर्ने बताए ।

विद्युतमा भारतको धेरै ठूलो लगानी रहेको सुनाउँदै निर्वाध रुपमा व्यापार हुने कुरामा दुवै देशबीच समान दृष्टिकोण हुनुपर्ने उनको भनाई थियो । नेपालमा धेरै खोलानालाहरु भएकोले हाई–ड्याम्पबाट जम्मा भएको पानी हिउँदमा भारत पठाउने र त्यसबाट निश्चित रिटर्न लिन सक्नुपर्नेमा उनको जोड थियो ।

त्यस्तै उनले प्रधानमन्त्रीको भारत भ्रमणमा १९५० को सन्धिबारे विज्ञहरुले काम गरिरहेकोले यो विषयमा छलफल गर्नुको केही अर्थ नहुने बताए ।

नेकपा एमालेका नेता एवम् पूर्वमन्त्री आनन्द पोखरेलले प्रधानमन्त्रीको भारत भ्रमण सफल हुनेमा आफू विश्वस्त रहेको बताए । उनले भने,‘उहाँ दुई तिहाईको प्रधानमन्त्री हो, अब अलमल नगरी भएका सबैखाले सन्धि तथा सम्झौताहरु कार्यान्वयन गनुपर्छ, त्यतातिर उहाँले ध्यान दिनुपर्छ।’

नेपाल–भारतबीच अत्यन्तै राम्रो सम्बन्ध भएको उल्लेख गर्दै पोखरेलले भने,‘हामीबीच परम्परागत सम्बन्ध छ, सामाजिक–साँस्कृतिक, धार्मिक सम्बन्ध सम्बन्ध छ, हाम्रो सम्बन्ध धेरै प्रगाढ छ, जसरी सम्बन्ध प्रगाढ छ, त्यसैगरि समस्याहरु पनि धेरै छन्।’ उनले आउँदो वर्षामा तराई डुब्न नहुने धारणा राख्दै यो विषयमा प्रधानमन्त्रीले स्पष्ट रुपमा कुरा राख्नुपर्ने सुझाव दिए ।

भारतले कबुल गरेका कुराहरु अहिलेसम्म कार्यान्वयन नभएकोले प्रधानमन्त्रीले यो विषयमा पनि कुरा राख्नुपर्ने उनको धारणा थियो । त्यस्तै उनले बुद्ध भारतमा जन्मिएको भनेर भारतीय तर्फबाट एकतर्फी रुपमा गलत प्रचार भएको भन्दै प्रधानमन्त्रीले यो भ्रमणमा स्पष्ट गर्नुपर्ने बताए । उनले भने,‘प्रधानमन्त्रीको यो भ्रमणसँगै अब बुद्धको जन्मबारे गलत प्रचार हट्ने मैले विश्वास लिएको छु।’

प्रधानमन्त्री ओली बोलीमा अडान भएको नेता भएकोले सन्तुलित सम्बन्ध कायम गर्दै अघि बढ्नेमा आफू विश्वस्त रहेको उनले सुनाए । पोखरेलले प्रधानमन्त्रीको भारत भ्रमणमा भारतीय रेल तराई हुँदै काठमाडौंमा ल्याउनु नेपालको आवश्यकत्ता रहेको सुनाए । उनले भने,‘त्यस्तै चीनीयाँ रेलपनि केरुङ हुँदै काठमाडौं ल्याउनुपर्छ।’
त्यस्तै उनले विद्युत बैंकमार्फत आपसी हितमा बार्टर सिष्टममा उपयोग गर्नुपर्नेमा जोड दिए । उनले भने,‘विद्युत मुल्य कायम गरेर पारस्परिक हितमा उपयोग गर्नुपर्छ।’ उनले अब सरकारले आर्थिक–कूटनीतिकमा जोड दिने भएकोले भ्रमण पनि सोही विषयमा केन्द्रित हुने विश्वास व्यक्त गरे ।

उनले आर्थिक सहायता कोष खडा गरेर सबै फण्ड सोही कोषमार्फत चलायमान बनाउनुपर्ने पनि सुझाव दिए । नेता पोखरेलले प्रधानमन्त्रीको भारत भ्रमणमा भारतीय रेल काठमाडौं ल्याउनबारे कुरा हुने विश्वास दिलाए ।

नेकपा माओवादी केन्द्रका केन्द्रिय सचिवालय सदस्य वामदेव क्षेत्रीले प्रधानमन्त्रीको भारत भ्रमणमा अहिलेसम्म भएका सम्झौताहरु कार्यान्वयनमा जोड दिनुपर्ने बताए । ‘प्रधानमन्त्री ओलीले अब दुई देशबीच सन्तुलित सम्बन्ध कायम गर्नुपर्छ, भारत र चीनबीच नेपालले पुलको नीति अपनाउनुपर्छ।’

भारतसँग भएका हुलाकी राजमार्ग, प्रशारण लाईन, जलविद्युत लगायतका धेरै महत्वपूर्ण परियोजनाहरु अब कार्यान्यनतर्फ जोड दिनुपर्ने उनको भनाई थियो । उनले प्रधानमन्त्रीको भारत भ्रमण परम्परागत भ्रमणमात्रै नहोस् भन्ने पनि शुभकामना दिए ।
नेपालले भारतीय प्रविधि, लगानी र पर्यटकहरु भित्र्याउनेतर्फ पनि जोड दिनुपर्ने उनको सुझाव थियो । उनले थपे,‘बदलिएको परिस्थिति र बदलिएको समाज अनुसार नयाँ खाले विदेश नीति अपाउनुपर्छ।’ नेता क्षेत्रीले नेपालका कम्युनिष्ट नेताहरुले राष्ट्रवादको नाममा गाली गर्ने गरेको भएपनि अब त्यस्तो गलत कुरा छोड्नुपर्ने सुझाव समेत दिए ।

प्रधानमन्त्री ओलीले आफ्नो भारत भ्रमणमा नयाँ थालनी गर्नेमा आफू विश्वस्त रहेको उनको भनाई थियो । नेपालमा रेल ल्याउनेबारे भारत वा चीन कसले पहिले ल्याउने भन्ने प्रतिष्पर्धा भएकोले नेपालले पनि सोही अनुसार तयारी थाल्नुपर्ने उनले सुझाव दिए ।
भारतसँग रहेको ६१ प्रतिशतको व्यापार घाटा कम गर्नको लागि नेपालले कृषिमा आधुनिकिकरणमा जोड दिनुपर्ने क्षेत्रीले बताए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ