arrow

ट्रेड युनियन काँग्रेसमा पाण्डे

logo
श्रीकृष्ण सिग्देल,
प्रकाशित २०७४ चैत २१ बुधबार
kamal_p.jpg

स्याङ्जा ।  चैत्र १४ गते उदघाटन भएको छैटौ नेपाल ट्रेड युनियन काँग्रेस स्याङ्जाको अधिवेशन सहमतिय नजुटेपछि सम्पन्न हुन सकेको थिएन । अध्यक्ष, केन्द्रिय प्रतिनिधि र प्रदेश पार्षदमा उमेदवारी धेरै परेपछि सहमति नजुटेको हो । तीन जना निर्वाचन समिति र ३ सदस्य सहमति जुटाउने कार्यदलले मंगलवार सहमतिकै आधारमा उमेदवारी टुङ्गो लगाएपछि ट्रेड युनियनले पूर्णता पाएको छ ।

नेपाल ट्रेड युनियन स्याङजाको छैँठो अधिवेशनबाट कमलप्रसाद पाण्डेको अध्यक्षतामा २० सदस्यीय समिति गठन गरिएको छ । उपाध्यक्षमा ईन्दिरा केसी, डण्डपानी पंगेनी, रेशमलाल कोईराला र भिमप्रसाद पंगेनी सचिवमा पुण्यप्रसाद पौडेल, कोषाध्यक्षमा लेखनाथ शर्मा, सहसचिवमा सागर कुँवर, सहकोषाध्यक्षमा हरिकला सुवेदी, महिला सचिवमा संगिता पोख्रेल रहेका छन् भने सदस्यहरुमा मेघनाथ भण्डारी, कल्याणी खांण, शान्ता थापा, संगिता पौडेल, ऋषि बस्याल, चन्द्रावती पंगेनी, कोपिला नेपाल, रामप्रसाद लामिछाने, प्रविण परियार, र धु्रव पंगेनी रहेका छन् ।

त्यस्तै संघिय प्रतिनिधिहरुमा मुक्तिप्रसाद रेग्मी, धु्रवप्रसाद शर्मापंगेनी, लक्ष्मीप्रसाद रेग्मी, लेखमाया पौडेल, विष्णुप्रसाद पराजुली रहेका छन् । त्यस्तै प्रदेश प्रतिनिधिहरुमा सुरेन्द्र सापकोटा, विशेश्वर गिरी, रामचन्द्र अर्याल, बोला पाठक, रेखा कार्की, जनकप्रसाद तिवारी, गायत्री आर्चाय, सुनिता उच्चै, उत्तराकुमारी गुरुङ र नेत्रप्रसाद पाण्डे रहेका छन् ।

महिला समिति अध्यक्षमा सरस्वति बगाले र युवा समिति अध्यक्षमा शंकर भट्टराईलाई निर्वाचित गरिएको निर्वाचन अधिकृत तिलकप्रसाद पराजुलीले जानकारी दिए । यसअघि युनियनको अधिवेशन उद्दघाटन समारोह सकिएपनि समितिलाई भने अहिले पुर्णता दिईएको हो । काँग्रेसमा गुट उपगुटले थलिएका बेला ट्रेड युनियन काँग्रेसको सहमतिवाटै कार्य समिति निर्माण गरेपछि काँग्रेसका एक जुट भएको देखिएको पुर्व अध्यक्ष ध्रुवशर्मा पंगेनीले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ