arrow

बलु हत्याकाण्ड : ३ महिनापछि सुटर पक्राउ, लाखको लोभमा गोली चलाए गुरुङ्गले

logo
प्रदीप आचार्य,
प्रकाशित २०७४ चैत २१ बुधबार
gurung.png

बुटवल ।  रुपन्देहीको देवदहका फर्निचर व्यवसायी बलु भनिने बसन्त पौडेललाई गोली प्रहार गरी फरार रहेका सुटर विवेक भनिने सुभाष गुरुङ्ग पक्राउ परेका छन् । गुरुङ्गलाई  पोखरा महानगरपालिका रामबजार कास्कीबाट पक्राउ गरिएको छ । उनलाई मंगलबार पक्राउ गरिए पनि बुधबार मात्र बुटवलमा सार्वजनिक गरीएको हो ।

सुटर सार्वजनिक गर्दै एसपि स्याम ज्ञवालीले हत्या पश्चात सिआईबिको टोली सहित संघिय प्रहरी ईकाई भैरहवा, जिल्ला प्रहरी कार्यालय रुपन्देही र ईलाका प्रहरी कार्याल बुटवलबाट समेत टोलि खटिएर पक्राउ गर्न सफल भएको जानकारी दिए । उनका अनुसार गोली हान्नका लागि सुबासले एक लाख रुपैयाँ लिएका थिए । गुन्डा नाइके मनोज पुनको समूहले बलुलाई ०७४ पुस २१ गते बलुको गोली हानेर हत्या गरेको थियो ।

२१ बर्षिय बिबेक भनिने सुवास गुरुङ पोखरा महानगरपालिका १० रामबजारमा बस्दै आएपनि उनको स्थायी घर भने लमजुङ बाङ्ग्रे गांउपालिका ५ भोर्लेटार हो । पैसाको लोभमा आफुले बलुलाई गोली हानेको सुवासले प्रहरीसंग बताएका छन । उनले गोली हानेपछि १ लाख रुपैंया समेत बुझेका थिए ।

पुस २१ गते बिहान करिब ११ बजेको अवस्थामा घरमै बसेको अवस्थामा लु ४ प १४ नम्बरको मोटरसाईकलमा आएका उनी हत्यापछि फरार रहेका थिए । पक्राउ परेका सुवासलाई कर्तब्य ज्यान,हातहतियार तथा खरखजाना ऐन अन्तर्गत कारबाहि  हुने इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरिक्षक केशब भट्टराइले बताए ।

पौडेल हत्यामा संलग्न दुई जनालाई प्रहरीले यसअघि नै पक्राउ गरिसकेको छ । पौडेल हत्याका मुख्य योजनाकार मनोज पुन र सोम आलेको प्रहरीसंगको मुठभेडमा मृत्यु भएको छ ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ