arrow

उद्योग मन्त्री ‘नाङ्लो ठटाएर हात्ती तर्साउँदै'

प्रदूषण बढाउने उद्योगलाई ५० हजार जरिवाना

logo
प्रकाशित २०७४ चैत २१ बुधबार
matrika.JPG

काठमाडौं । वातावरण विभागले वातावरण विगारेको र समुदायमा प्रदूषण बढाएको भन्दै यो वर्ष पाँच उद्योगहरुलाई कारबाही गरेको छ ।

अरनीमा आँबुखैरेनी सिमेन्ट इन्डष्ट्रिज खैरेनी तनहुँ, कमला रोलिङ मिल्स टंकिसिनुवारी मोरङ, काठमाडौँ दुग्ध वितरण आयोजना बालाजु औद्योगिक क्षेत्र काठमाडौँ, हारती एग्रिगेट इन्डष्ट्रिज शुक्ला गण्डकी नगरपालिका–२ तनहुँ र विष्णु टेक्सटाइल प्रोसेसिङ इन्डष्ट्रिज बालाजु औद्योगिक क्षेत्र काठमाडौँ कारबाहीमा परेका हुन् ।

विभागले प्रेस विज्ञप्ति जारी गरेर आर्थिक वर्ष २०७४–०७५ को चैत महिनासम्म कारबाहीमा परेकाको सूचीनै सार्वजनिक गरेको छ ।

अरनीमा आँबुखैरेनी सिमेन्ट इन्डष्ट्रिज खैरेनी तनहँुले सरकारले तोकेको मापदण्ड पूरा नगरेको भन्दै मन्त्रीस्तरीय निर्णयबाट ५० हजार जरिवाना तिराउने निर्णय गरिएको विभागले जनाएको छ ।
यस्तै, अन्य चार उद्योगले पनि सरकारले तोकेको वातावरणनीय मापदण्ड पुरा नगरेकाले वातावरण संरक्षण ऐनको दफा १८ को उपदफा (२) बमोजिम ५० हजार जरिवाना गर्ने निर्णय मन्त्रीस्तरबाट भएको छ ।

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री अहिले मातृका प्रसाद यादव छन् । उनले गल्ती गर्ने कसैलाई पनि बाँकी नराख्ने र नियम विपरीत काम गर्नेलाई थुन्ने भनेर भनिसकेका छन् । पछिल्लो समय अनुगमन रोकेको आरोप खेपिरहेका मन्त्री यादवले यी उद्योगलाई जम्मा ५० हजार जतिवाना गरेर ‘नाङ्लो ठटाएर हात्ती तर्साउन’खोजेको भनि आलोचना भएको छ ।

प्रदेशगत रुपमा प्रदेश १ मा १२, प्रदेश २ मा १४, प्रदेश ३ मा ११, प्रदेश ४ मा १२, प्रदेश  ५ मा २० र प्रदेश ७ मा एक गरी जम्मा ७० वटा उद्योग तथा औद्योगिक उद्योग प्रतिष्ठानको अनुगमन गरिएको जानकारी पनि विभागले दिएको छ ।

आव २०७२–०७३ मा सबैभन्दा बढी उद्योग (हालसम्मको कारवाहीको ७५ प्रतिशत) कारवाहीमा परेका थिए भने आव २०७३–०७४ मा ९.३८ प्रतिशत र यस आवमा १५.६३ प्रतिशत उद्योग प्रतिष्ठान कारवाहीमा परेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ