arrow

स्थानीय तहलाई सम्पत्ति, बजेट तथा कार्यक्रम हस्तान्तरण गर्न निर्देशन

logo
प्रकाशित २०७४ चैत २१ बुधबार
Lalbabu-Pandit.jpg.jpeg

काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहमा कर्मचारी र चलअचल सम्पत्ति, बजेट तथा कार्यक्रमको हस्तान्तरण गर्न सम्बन्धित पक्षलाई निर्देशन दिएको छ ।

मन्त्रालयले प्रेस विज्ञप्ति जारी गर्दै स्थानीय तहको सेवा प्रवाहलाई छिटो छरितो तथा प्रभावकारी बनाउन कर्मचारी र स्रोतसाधनको व्यवस्था गर्न मन्त्रालयले यस किसिमको कामलाई अघि बढाएको जनाएको छ । स्थानीय सरकार सञ्चालन भएको एक वर्ष भइसके पनि स्थानीय तहले अधिकार नपाउँदा अधिकार तहको कार्य सम्पादनमा ढिलाइ भइरहेको मन्त्रालयको ठहर छ ।

जिल्ला समन्वय समितिले सेवा प्रवाहसम्बन्धी व्यवस्था, २०७४ अनुसार स्थानीय तहलाई स्रोत तथा साधन प्रदान गर्नुपर्ने भएपनि समितिले स्थानीय तहलाई आर्थिक तथा अचल सम्पत्ति प्रदान नगरेकाले स्थानीय तहबाट हुने सेवा प्रवाहमा समस्या भएको विज्ञप्तिमा भनिएको छ ।

कार्यालयमा रहेको चलअचल सम्पत्ति, बजेट तथा कार्यक्रम सम्बद्ध स्थानीय तहमा स्थानान्तरणका लागि तदारुकताका साथ सम्पन्न गर्न सबै जिल्ला समन्वय समितिलाई आग्रह गरिएको मन्त्रालयका प्रवक्ता रुद्रसिंह तामाङद्वारा जारी विज्ञप्तिमा लेखिएको छ ।

स्थानीय तहलाई आवश्यक पर्ने प्राविधिक जनशक्ति करारमा लिएर काम अघि बढाउन मन्त्रालयले सबै स्थानीय तहलाई निर्देशन दिएको छ । कर्मचारी व्यवस्थापनका कार्यलाई यथाशीघ्र सम्पन्न गरी स्थानीय तहको सेवा प्रवाहका लागि मन्त्रालय सक्रियरुपमा लागेको बताइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ